कपिलवस्तु : दलित सामाजिक विकास केन्द्रको नयाँ कार्यसमिति चयन गरिेएको छ । बुधबार १७ औं साधारणसभा तथा अधिबेशनबाट ९ जनाको कार्य समिति रहने गरि अध्यक्षमा संजय कुमार कोरी, उपाध्यक्षमा सुरजमती पासी, सचिवमा विश्राम कोरी, सह सचिवमा राजेन्द्र पासी, कोषाध्यक्षमा निलाम पासी,सदस्यहरुमा कुसुम कोरी,प्रसुराम चमार ,अनिता श्रीमाल र रिखिराम हरिजन रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रशासकीय अधिकृत राम चन्द्र ढकालले नव निर्वाचित समितिलाई शुभकामना दिदै संस्थाले गरेको प्रगतिलाई खुलेर प्रसंशा गर्नु भयो । जिल्ला मै पहिचान बनाउन सफल भएकोले अगामि दिनमा तथा सहकार्य गरेर जानु पर्ने ढकालले जोड दिनु भयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष प्रवीण कुमार श्रीवास्तवले संस्थाले हरेक क्षेत्रमा परिवर्तन ल्याएकोमा सबैपक्षले आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने आवश्यक रहेकोे बताउनु भयो । संस्थाको प्रगति प्रतिबेदन कार्यकारी राम शरण रैदासले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष निलाम पासीले पेश गर्नु भएको थियोे ।
कार्यक्रमको अवसरमा संस्थामा रहेर उत्कृष्ट काम गरेका कर्मचारी साथै १४ जनाले रक्तदान गरेकोमा प्रसंशा पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा दलित महिला संघ को माया नेपालीको समेत उपस्तिथि रहेकोे थियोे भने सतिश निगम को सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।