२६ साउन, काठमाडौं । सर्जियो बुस्केट बार्सिलोनाको नयाँ कप्तान बनेका छन् । लिओनल मेस्सीको बहिर्गमनपछि स्पानिस क्लब बार्सिलोनाले बुस्केटलाई नयाँ कप्तान नियुक्त गरेको हो । २०२१र२२ को सिजनका लागि अब बुस्केटले मेस्सीको स्थान लिनेछन् ।
मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् । ला लिगाको आर्थिक नियमका कारण बार्सिलोनाले मेस्सीलाई क्लबमै राख्न असफल भएको हो ।आन्द्रे इनेस्टाले क्लब छाडेपछि मेस्सीले सन् २०१८र१९ को सिजन देखि बार्सिलोनाको कप्तानी सम्हालेका थिए । मेस्सीको कप्तानीमा बार्सिलोनाले एक ला लिगा र एक कोपा डेल रे जितेको थियो ।३३ वर्षीय बुस्केट पहिलो पटक बार्सिलोनाको कप्तान बनेका हुन् । मेस्सी कप्तान हुँदा उनी उपकप्तान थिए । मेस्सीभन्दा अघि कार्लोस पुयोल, जाभी, इनेस्टाले बार्सिलोनाको कप्तानी गरेका थिए ।
बुस्केट सन् २००५ मा टिनएज खेलाडीको रुपमा बार्सिलोनामा आबद्ध भएका थिए । उनले २००८ देखि निरन्तर सिनियर टिमका लागि खेल्दै आएका छन् । यस्तै बुस्केटले स्पेनको राष्ट्रिय टिमको कप्तानीसमेत गरिसकेका छन् ।बार्सिलोनाले बुस्केटको नेतृत्वमा ‘क्याप्टेन्स ग्रुप’ नै बनाएको छ । जसमा जेरार्ड पिके, सर्जि रोवर्टो र जोर्दी अल्वा छन् ।यसअघि तेस्रो कप्तान रहेका पिके अब बार्सिलोनाको उपकप्तान बनेका छन् । यस्तै सर्जि रोवर्टो तेस्रो कप्तानको रुपमा छन् भने जोर्दी अल्वा पहिलो पटक क्याप्टेन्स ग्रुपमा समावेश भएका छन् ।बार्सिलोनाले आगामी साता रियल सोसिडाडसँग खेल्दै नयाँ सिजनको ला लिगाको सुरुआत गर्नेछ ।समाचारको स्रोत : अनलाइन खबर