कृष्ण अन्जान, रुरु गाउँपालिका गुल्मी / छड्के न्युज डटकम-गएकाे बैशाख महिनाकाे एउटा साँझ ,पारिकाे गाउँ तिर हेर्दै आमाले भन्नुभाे त्यहाँ दुईवटा घरमा बत्ति बल्न छाडेछन ।
त्यति बेला मैले भनेकाे थिएँ आमा सायद ती घरका मान्छे अन्तै बसाई सरेकि नभए घर कुरेका बा आमा हरुलाई केही भयाे कि ?
आमालाई यहि कुरा भनेकै तीन महिना नहुँदै मेराे घरकाे आशाकाे आमा रुपि बत्ति कहिल्यै नबल्ने गरि निभेकाे छ ।
शहरमा अवसरकाे खाेजिमा भौतारिएर असफल जिन्दगी सहित म गाउँ फर्केकाे करिब दुई वर्ष पूरा हुँदै गर्दा म माथि यति ठुलाे बज्रपात पर्छ भनेर साेँचेकाे थिइन तर साउन पाँच मेरा लागि कालाे दिन बनेर आयाे । याे दिन मैले आमा रुपि भगवान मेराे सहारा आस्था र विश्वास गुमाएकाे छु र एउटा कहिल्यै पूरा नहुने मातृत्व गुमाएकाे छु ।शहर तिर बाट फर्केर अामाकाे न्यानाे मातृत्व पाउँदा मलाई जीवन जिउन सहजता भएकाे थियाे ।
सायद म एउटा मात्र छाेराे थिएँ शहरमा अवसरकाे खाेजिमा भौतारिएर कुनै उपाय नलागे पछि आमाकाे मातृत्वका लागि गाउँ फर्केकाे थिएँ ।
म लाचार बनेर आमाकाे पाउमा आफुलाई समर्पण गर्न विवस थिएँ ।सबैका छाेरा हरुले शहरमा घर ठड्याएका थिए गाडि चढेर गाउँमा आउँथे उनिहरुकाे प्रगति देखेर आमाले कहिल्यै मलाई तिमीले के गर्यौ जीवनमा भनेर साेध्नु भएन । मैले केही गर्न नसकेको भन्दै अत्मग्लानि गर्दा आमाले जहिले पनि भन्नु हुन्थ्यो भाग्यमा जे लेखेकाे छ त्यहि हुन्छ पिर नगर ।आमाले त्यसाे भन्दा म मेरि आमामा साँच्चै भगवानकाे स्वरुप देख्थे ।
जीवनका कठिन भन्दा कठिन अवस्था आउँदा पनि मेरी आमाकाे स्वाभावमा कुनै उतार चढाव देखिएन ।सधै अरुकाे बारेमा सकारात्मक कुरा मात्र साेँच्ने मेरी आमाकाे भान्सामा जे पाकेपनि एक्लै कहिल्यै खानु भएन ।सारा जिन्दगी गाउँमा बिताउँनु भएकी मेरि आमाले गाउँमा कसैलाई नराम्रो भन्नुभएन र कसैका नराम्रा कुरा पनि सुन्नु भएन ।आमाले सधै भन्नुहुन्थ्यो बाबू कसैलाई केही नभन्नु कसैसँग नराम्रो नबन्नु ।
पछिल्लाे दुई बर्ष आमा सँग निरन्तर बस्न पाउँदा मैले आमा बाट धेरै कुरा सिक्न पाएँ ।आमाकाे धेरै नबाेल्ने बानिले मलाई साह्रै प्रभावित पार्याे ।म पनि धेरै नबाेल्ने र अझै म नहाँसेकाे धेरै भइसकेकाे थियाे ।सामाजिक सन्जालमा पनि साथिहरुले हाँसेकाे फाेटाे हाल्नुन भनेर लेख्थे तर खाेई किन म करिब तीन वर्ष देखि हाँस्न बिर्सेकाे थिएँ । गाउँ फर्के पछि पनि म धेरै गुमसुम रहने गरेकाे देखेर आमाले भन्नुहुन्थ्याे यसरी निरास बस्नु हुन्न के भएकाे छ र ? खुसि हुने गाउँ घरमा घुम्ने सबै सँग घुलमिल हुने गर्नु पर्छ ।आमाले यसाे भनेपछि मैले आफुलाई केही फरक बनाएकाे थिएँ तर आमा बिना मेराे हाँसाे र खुसि सधैलाई खाेसिएकाे छ ।
गाउँ फर्केपछि मातृत्व के हाे मैले यसरी बुझेँ कि सँसारमा निस्वार्थ काेहि हुन्छ भने आमा बाहेक काेहि हुँदैन ।
विहान उठ्न ढिलाे भयाे भने बाबू के भयाे भनेर बिस्तारामै ताताे पानी र चिया लिएर आईपुग्नु हुन्थ्यो ,विहान गाउँबाट दूध किनेर भए्पनि बिना गाेरस मलाई खाना पस्किनु भएन तरकारी के मिठाे हुन्छ भनेर गाउँ भरि डुलेर पनि ल्याएर पकाएर खुवाउनु हुन्थ्याे ।
जीवनका बहत्तर वर्षमा पनि बिहानै दैलाे लिप्ने घर आगन सफासुग्घर चुलाे चौकाे आमा का लगि दिन चर्या थियाे ।
बैनि शुसिलाकाे विवाह पछि आमा नितान्त एक्लाे हुनुभयाे न आमालाई दैलाे लिप्न पकाउन र अन्य घरायसि काममा पालाे दिने काेहि भयाे ।न आगनमा नातिनातिना हरुले रमाईलाे गरे ।कति पटक बिरामी हुँदा एक्लै घरमा लतारिई रहनु भयाे तर कहिल्यै गुनासाे गर्नु भएन ।जीवनमा हजारौं दुखका भारि बाेक्ने मेरी आमाले पछिल्लो पटक यी दुई वर्ष अलि शुखकाे अनुभुति गरे जस्ताे लाग्थ्याे तर खुशिले लामाे समय पूरा गर्न दिएन ।
यहि बिचमा बाबालाई कमरेडहरुले गाेलि हानेर हत्या गरेपछि आमाले एक्लाे अनुभुति गरेपनि सधै भरि मुटुमा आसु लुकाएर बस्नु भाे ।द्वन्द काे पिडामा मलम लगाउने काेहि थिएन भत्केकाे गाेठ बनाउने र घर मर्मत गर्ने सपना सपनै रह्याे ।मैले आमालाई भनेकाे थिएँ तपाईंले भाेट दिएका प्रदिप ज्ञवाली भेट्न आउनु हुन्छ भनेकाे थिएँ तर जीउँदाे रहँदा सम्म आमाले कुरि रहनु भाे तर सपनामात्र बन्याे त्याे कुराई ।
म यतिबेला तिनै आमाले सिर्जेकाे पुर्ख्यौली थलाेमा छु ।याे माटाेमा आमाकाे पसिना बसाउँछ घरका भित्ताहरु आमाका पसिनाका थाेपाले लिपिएका छन । हाे रित्तो छ आमाले छाडेर गएकाे बैभवता । आगन रित्तो छ दलान काेठा चाेटा सबै रित्ताे छ आमा तपाईं बिना म रित्तो छु ।गाउँका आमा हरु आएर आमाकाे राम्रो स्वाभाव का बारेमा कुरा गर्दा आमा गुमाएकाे डाहा हुन्छ ।
घाटमा आमाकाे मृत शरिरकाे अन्तिम सँस्कार गरिरहँदा सायद जीवनमा त्यसरी भक्कानिएर म कहिल्यै राेईन ।आमाले मलाई कहिल्यै रुन दिनु भएन तर आमाकाे निधन मेरालागि आशुका भेल बने र छिनछिन भक्कानिन्छु ।आमा अब मलाई कस्ले बाबू तिमलाई केहि भयाे कि भनेर कस्ले साेँध्छ मातृत्वकाे हातले एक मुठि पकाएर कस्ले खान दिन्छ कस्ले मातृत्व ले सिँचित गर्छ आमा ! मैले जे गुमाएकाे छु मन मेराे पाेलेकाेछ जलेकाे छ मेराे मुटु ।म न निदाउन सक्छु न भाेक छ न प्यास ।हाे आमा अब म एक्लै जिउनु पर्छ म माथि हजुरकाे लगानि थियाे र म हजुर प्रति जिम्मेवार छाेराे थिएँ ।तर मैले कसैका लागि केही लगानि गर्न सकिन र म प्रति काेहि जिम्मेवार हुने कुरा भएन ।मलाई थाहा छ मैले एक्लेै जिउन सिक्नु पर्नेछ तर आमा तपाईंकाे मातृत्व विना म कसरी बाँचम्ला र ? (लेखक कृष्ण अन्जान गुल्मी जिल्लामा रहेर पत्रकारिता गर्दछन ।)
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२