गुल्मी: पूर्ववर्ती ओली नेतृत्वको सरकारले सुरु गरेका १४ सयभन्दा बढी सडक आयोजना खारेजी हुने भएका छन्। वर्तमान देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विद्येयक मार्फत उक्त सडक योजना खारेजीमा परेका हुन्।
अध्यादेश प्रतिस्थापन विधेयक संसदबाट पारित भएसँगै जिल्लाका ३३ वटा सडक योजनाहरु खारेजीमा परेका छन्। गुल्मीसहित लुम्बिनी प्रदेशका ५२ करोड बढीका २ सय १९ वटा सडक योजनाहरु पनि खारेजीमा परेका छन।
खारेजीमा परेका सडकहरु निम्न रहेका छन्ः
१. बाग्लुङ्ग-राक्से-दोहली-अर्घाखाँची-कृष्णनगर सडक
२. रातचौर-ताल्तुङ्ग-उजुङ्ग धारा-हर्पुकोट-इस्मा मैदान-नेटा कोटकटेरी हुँदै भिमगिठे मध्ये पहाडी लोकमार्ग सडक
३. रिडी-रुद्रावेणी-वामीटक्सार-दरमखोला-काँडेवास-गल्कोट सडक
४. तम्घास-भाडगाउँ-ईन्द्रेगौडा-दिगामचौर-लिलिङ्ग-ढोरपाटन सडक
५. मलागिरि-म्यालपोखरी-दुवानेटा-बर्वोट-हुलाके-राङदाल-छापाहिले-दर्लिङ्ग सडक
६. हुलाके-नयाँपोखरा-मुसिकोट कुर्घा-बाग्लुङ्ग सडक
७. अग्लुङ्ग-बाँझकटेरी-सिमलटारी-सिलादी-अर्खबाङ्ग-भिमगिठे सडक
८. छल्दी ठाडुङ्गा-अर्खबाङ्ग-ह्वाङ्दी-इस्मारजस्थल-हुलाके बर्वोट-दुवानेटा-मलागिरि सडक
९. सेउवा-सिमाहघाट-पुर्कोटदह-हाडहाडे-पिपलधारा-नयाँगाउँ-तम्घास सडक
१०. गुल्मी छत्रकोट गापा हुँगा चोरकाटे सत्यवती–७ सडक
११. राक्से कल्यारा फुलवारी वाग्ला लाहुर डाँडाखर्क कोलाडाँडा हुँदै वडा कार्यालय हुँदै प्युठान जोड्ने मोटरबाटो
१२. कुमारीपोखरी गोवाने गैरापोखरा भुवनपानी लामडाँडा निन्निचौर लप्सी सिमाहघाट सडक
१३. पटौती खर्ज्याङ घुम्ती गौडाकोट मझुवा शान्तिपुर सडक
१४.किशानटारी काँडेगैरा सानोपिप्ले दुवानेटा सिम मलायगिरी सडक
१५. गुल्मी मदाने न्वाँरा झुल्केबाट प्युठान जुरेढुङ्गा सडक
१६. पुर्तिघाट फोक्सीङ्ग ग्वाघा शान्तिपुर सडक
१७. रिडी बल्कोट दाङ्ग सुर्खेत सडक
१८. खर्बाङ्ग इस्मा पिपलधारा कृष्णनगर सडक
१९. सेउवा बर्वोट पुर्कोटदह मलागिरी प्युठान सडक
२०. छल्दी रातडाँडा बडागाउँ भुवाचिदी सडक
२१. रुद्रवेणी अस्लेवा ठुलोलुम्पेक जयखानी सडक
२२. फुलबारी चोरकाटे अर्जै लिलिङ्ग बाग्लुङ्ग सडक सत्यवती चन्द्रकोट लोकमार्ग
२३. घुमाउने उर्लेनी तल्लो कोरेङ्ग छापाचौर बरेङ्ग मोटरबाटो
२४. दिगाम कालिकानगर अमराई बोखर हुँदै मनबाघ छत्रकोट–४ सडक
२५. धुर्कोट गापाको ओखलढुङ्गा नेटादह काउले तल्लाकुनाखर्क बगनपा .. सिमलारुख हुँदै धुर्कोट गापा जोड्नेसडक
२६. वामीटक्सार अर्लाङ्गकोट काँडेवास हटिया सडक
२७. छल्दीपनाह रातडाँडा बडागाउँ अमराई ह्वाङ्गदी सडक
२८. तम्घास नयाँगाउँ पिपलधारा खनदह सडक
२९. पिपलनेटा दिगाम हर्दिनेटा गैरीखुट्टा सडक स्तरोन्नती छत्रकोट गापा
३०. गुल्मी वामीटक्सार अर्लाङ्गकोट काँडेवास हटिया सडक
३१. चौरासी तेर्साबाट चौतरा बाझमारे सडक
३२. कालिकाचौर देखि देउराली बाटो मदाने गापा
३३. छत्रकोट गापा पोखरा देखि वल्लो घलान मौलीपोखरा थुम्की मन्दिरसम्म जोड्ने मोटरबाटो रहेका छन् ।