पाल्पा – सुनको सिक्री चारेर भाग्ने दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रामपुर नगरपालिका वडा नं. ४, देवीस्थान भन्ने स्थानका स्थानीय ५० वर्षीया पुर्ना फालमगरको घरमा जोगीको भेषमा घुम्दै आएर सुनको सिक्री चोरी गरेर फरार रहेका दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत उत्तरप्रदेश श्रावस्ती पोष्ट बस्ने वर्ष ३६ का रामनरेश हरिजन र सोही स्थानका ४३ वर्षका लड्डन हरिजन रहेका छन् । उनीहरु बुधबार दिउँशो १२ बजेतिर फालको घरमा जोगीको भेषमा आएका थिए । जोगीको भेषमा आएका उनीहरुबाट फालले नुहाउने क्रममा घरको च्यानल गेटमा राखेको सुनको सिक्री चोरी भएको थियो ।