किरण अधिकारी , गुल्मी १९ असाेज / छड्के न्युज डटकम नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मीका १२ पालिकामा आज अधिवेश भएको छ । केही स्थानीय तहमा अहिलेपनि अधिवेशन जारी रहेको छ । धेरै जसो सहमतीमा छनोट भएपनि कतै सहमती जुट्न बाँकी छ भने कतै मतदान प्रक्रिया सुरु भएको छ ।
इस्मा गाउँपालिकामा सर्बसम्मत रुपमा नेतृत्व चयन गरिएको छ। सभापतिमा कृष्णप्रसाद रिजाल, उपसभापतिमा डिल्लीराज पन्थी, पार्वता कुवंर, सचिवमा, बैकुण्ठ कुवंर ईश्वरी प्रसाद घिमिरे, सहसचिवमा, पदम बहादुर कुँवर, कृष्ण थापा, लगायत २० जना सदस्यहरू सर्वसम्मत छनोट गरिएको हो।
मुसिकोट नगरपालिकामा सहमती जुट्न नसकेपछि सभापति छनोटका लागि अहिले मतदान हुदै छ । नगरपालिकाको सभापतिमा झबिलाल भण्डारी र मोहन घिमिरेका लागि मतदान हुदै छ । सहमती गर्न दिनभर प्रयास गरेपनी सहमती जुट्न नसकेपछि मतदानको प्रक्रिया सुरु भएको हो । उपसभापतिका लागि पनि मुसिकोटमा मतदान हुदै छ । २ जना उपसभापतिका लागि ४ जना उमेदवार रहेका छन् । मदाने गाउँपालिकामा महेन्द्र कुँवर सभापतिमा सर्वसम्मत चयन भएका छन् ।
मालिका गाउँपालिकाको सभापतिमा उपेन्द्र अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । धुर्कोट गाउँपालिकामा हरि थापा सभापतिमा निर्वाचित भएका छन् ।गुल्मी दरबार गाउँपालिकामा सभापति प्रेम पुन र सचिवमा शालिकराम टण्डन सर्वसम्मत चयन भएका छन् । छत्रकोट गाउँपालिकामा धातानन्द भूसाल सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् । चन्द्रकोट गाउँपालिकाको सभापतिमा बिष्णु प्रसाद भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकामा अझै सहमती हुन सकेको छैन । नगरपालिकामा सभापतिका लागि हरि कुमार श्रेष्ठ, गगन केसी, जयश्वर पन्थी र भरत भलामी उमदेवारको रुपमा रहेका छन् । जिल्लाका बाँकी अन्य स्थानीय तहमा नेतृत्व छनोटका लागि सहमती गराउने प्रयास जारी रहेको छ ।