गुल्मीको सदरमुकाम तम्घासमा विशेष गरी छिमेकी जिल्ला तथा हिमाली जिल्लाहरुबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउने गर्दछन्। यस वर्षको वडादशैंका लागि दाङ घोराहीबाट गुल्मी सदरमुकार तम्घासमा भेडा बिक्री आएको र यसपाली पनि खासै ब्यापार नभएको भेडा व्यापारीको भनाइ छ। कोरोना आउनभन्दा पहिलाका वर्षहरुको दशैंमा सयौं भेडा च्याङग्रा बिक्री गरेको आलम दाङबाट आएका भेडा व्यापारी सबनम खातुनले बताइन्।
व्यापारीहरु एउटा भेडाको ८ हजार देखि १० हजारसम्म हेरिकन बिक्री गर्ने गर्दछन्। कोरोना महामारीका कारण यसपटक भनेआफूहरु ठूलो नोक्सानी व्यहोरेको खातुनको भनाइ छ । गाउँमा पर्याप्त मात्रामा भेडा च्याङग्रा, खसी बोका पाल्ने व्यवसाय गर्नेहरु कम हुँदा मुल्य पनि बढ्दै गएको छ ।