महतगाउँ अर्थात् ‘मैनाखार’। ‘मै’ भनेको बाझ र ‘नाखार’ भनेको गाउँ। बाझ नामको ठुल्ठूला घाँसेरूखले घेरिएको गाउँ भएकाले यो गाउँको नाम मैनाखार (मैगाउँ) राखिएको भनिन्छ। तर, रुकुममा सरकारी अड्डा बसिसकेपछि मगरहरूको गाउँ अर्थात् मतवालको बसोवास हुने भन्दै महत राखिएको हुन सक्ने स्थानीयको अड्कल छ।
रुकुमपूर्वको भूमे गाउँपालिका– ६ मा पर्छ महतगाउँ। थबाङ–महत जनयुद्धको उदगम थलो हुन्। राज्य र विद्रोही पक्षको दबाब–प्रभावमा रहेका यी गाउँ अहिले विकासका नयाँ आयामसँग साक्षात्कार गरिरहेका छन्। जनयुद्धको वैचारिक केन्द्रका रूपमा स्थापित हुँदै गएका यी गाउँ अहिले पनि अध्ययन, अनुसन्धान र घुमघामका गन्तव्य बन्न थालेका छन्।
महत गाउँको सिरानीमा छ– तत्कालीन जनयुद्धको क्रममा ०५६ असोज ५ गते राति माओवादीले आक्रमण गरेको प्रहरी चौकी। जहाँबाट डिएसपी ठूले राईलाई माओवादीले नियन्त्रणमा लिएको थियो। पछि तत्कालीन राज्यको नियन्त्रणमा रहेका माओवादी नेता देव गुरुङसँग ‘साटफेर’ गरेर ठूले राईलाई छाडिएको थियो।
अहिले महतगाउँ सिरानीमा प्रहरी चौकी आक्रमणमा सहभागी जनमुक्ति सेना र प्रहरीहरूको ‘युद्ध फिचर’ निर्माण गरिएको छ। ‘स्यान्ड मोडल’मा महतगाउँ, प्रहरी चौकी र भिडन्तमा सहभागी दुवैतर्फका सैन्य कमान्डरहरूको स्ट्याचु’ निर्माण गरिएको छ।
रुकुमबाट नवीन लोचनमगरले लेख्नुभएको खवर नयाँ पत्रीका राष्ट्रिय दैनिकमा प्रकाशित छ ।
रुकुमपूर्वको महतगाउँको सिरानीमा जनयुद्धको बिम्ब हेर्नुहोस् (फोटोफिचर)
यो खबर र तस्बिरहरु नयाँ पत्रिका राष्ट्रिय दैनिकले भदौ १३ गते प्रकाशित गरेको छ ।