पछिल्ला दिनमा सेयर बजारमा युवा पुस्ता मात्र नभई बृद्ध बृद्दा , केटाकेटी सबैको उत्तिकै चासो रहेको देखिन्छ । दैनिक हजारौ संख्यामा डिमाट खाता खोल्नेको संख्या बडेको पाइन्छ । कुनै कम्पनिले सर्बसाधारणका लागि सेयर निष्कासन गर्दा सोही दिन नै मागभन्दा बढी आबेदन पर्ने गरेको छ भने यसै क्रममा पछिल्लो समयमा साहस उर्जा कम्पनी लिमिटेडले सर्बसाधारणका लागि सेयर निष्कासन गर्यो र पहिलो दिनमा नै मागभन्दा बढी आबेदन पर्यो ।
२४ लाख भन्दा बढी आबेदन परेको उक्त कम्पनिले यहि १७ गते सेयर बाडफाड गर्यो जसमध्ये भाग्यमानी ७ लाखले मात्र कम्पनिको सेयर हात पारे भने बाकी सबैको हात खाली भयो । यसै क्रममा कम्पनिको सबैभन्दा कान्छो सेयर सदस्यको रुपमा ७७ दिनकी अविका गैरे हुन पुगेकी छन ।
उनले कम्पनिको १० कित्ता सेयर हात पारिन। साहस उर्जा कम्पनिका चेयरम्यान तथा एम डि श्री हिम प्रसाद पाठक ले आफ्नो कम्पनिको कान्छो सदस्य अबिका गैरे लाई बधाई तथा उज्ज्वल भबिस्यको शुभकामना दिनुभएको छ र आधिकारिक पुष्ठिको लागि नानिको कागजपत्र समेत माग गर्नु भएको छ बुबा बिकास गैरेले बताए । अविकाको जन्म २०७८/३/३१ गते बगनासकाली ७ खानिगाउमा भएको हो । उनका बुवा विकाश गैरेले आफ्नी छोरिको जन्मदर्ता गरेर बैंकमा खाता खोली सेयर कारोबार गर्नको लागि आफ्नी छोरिको डिमाट खाता छिटो नै बनाइदिएको बताउनुभयो ।
उहाँका अनुसार नानिको खाता बनिसकेपछी पहिलो सेयरको रुपमा साहस उर्जा भरिदिएको बताउनुभयो । यस्तै नानिको अन्य ३वटा हाइड्रोपावरमा समेत सेयरको लागि आबेदन दिएको बताउनुभयो तर उक्त कम्पनिको सेयर बाडफाड भएपछी मात्र परे नपरेको थाहा हुने छ।