तम्घास बजारको पुतली बजारमा भत्कीएको कालोपत्रे सडकलाई मर्मत गरेका हुन् । बजार क्षेत्रमा आउजाउ गर्नेहरुलाई सडक भत्कीएर खाल्डाखुल्डीका कारण दुर्घटना बडेकाले आफुले सक्दो मर्मत गरेको निर्माण व्यवसायी खत्रीले बताए । बजार क्षेत्रको व्यस्त र घुम्ती रहेको स्थानमा सडक जीर्ण भएपछि मर्मत गरेको निर्माण व्यवसायी खत्रीको भनाई छ ।
सदरमुकाम भित्रकै जीर्ण सडकको अबस्थाले बजारको सौन्र्दयता समेत हराउदै गएको स्थानीयको गुनासो रहेको छ । तम्घास बजारक्षेत्र भित्र मर्मत गर्न बजेटको व्यवस्था भएपनि निर्माण व्यवसायीले काम नगरिदिँदा अहिले बजार क्षेत्र भित्र सडक भत्कीएर जोखिम बढ्दै गएको छ ।