कारागारको भवन साँघुरो हुँदा धेरै समस्याहरु भोग्नुपरेको पन्थीले गुनासो गरे । कैदीबन्दीहरुलाई प्रयाप्त खेलमैदान नहुनु , आर्थिक पार्जनका लागि उधोगहरु खोल्न का लागि पनि समस्या भएको र मुख्य गरि जिल्ला कारागार गुल्मीमा खानेपानीको समस्या रहेको छ ।भबन पनि जीर्ण रहेकाले समस्याहरु अझ थपिदै गएको पन्थीले बताउनुभयो । हाल सम्म दुःख सुख चलाउदै आएको र अझ कैदीबन्दीहरु थपिए भने समस्या झन बिकराल बन्दै जाने पन्थीको भनाई छ । यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले तत्कालका लागि भबन मर्मत गर्न पहल भइरहेको बताए ।कारागार कार्यालयको भबन पनि सारै जीर्ण भइराखेकाले कारागार ब्यबस्थापनका लागि दीर्घकालिन गुरुयोजना बनाएरै अगाडी बढ्नु पर्ने पौडेलको भनाई छ ।( खबर मार्केट )
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२