बुटवलबाट गुल्मी तम्घास हुँदै धुर्कोट गाउँपालिका वडा नं. २ पिपलधारा जादै गरेको लु १ ख ४८२० नम्बरको बस रिडी-सुर्खेत सडकखण्ड अन्तर्गत पर्ने डाँडाकटेरीमा दुर्घटना भएको हो।
बसमा सवार ९ जना यात्रु सबैको अवस्था ठिक रहेको साथै बाटो साँघुरो र बसको यान्त्रिक खराबीका कारणले बस दुर्घटना भएको चालक विशाल नेपालीले जानकारी दिए। दुर्घटनाले बाटो तल पट्टी रहेको यमकला भुसालको घर जोखिममा रहेको छ।(यो खबर ओझेलका खबरमा प्रकाशित छ ।)