गुल्मी, १० बैशाख – स्थानीय तहको निर्वाचनको मिति नजिकिदै छ । चुनावको रौनकले अहिले गाउँ तथा शहरको माहोल खुबै तातेको छ । संघिय सरकार आएपश्चात दोस्रो पटक पाँच वर्षका लागि जनप्रतिनिधी चुनिदै छन् । स्थानिय तहको निर्वाचन रौनक गुल्मीको मदाने गाउँपालिकामा पनि देखिन थालेको छ ।
नेकपा एमाले मदाने गाउँपालिकाले वडा अध्यक्ष देखी गाउँपालिका प्रमुख उपप्रमुखको टुङ्गो लगाएको छ । स्थानिय तहको निर्वाचन आउन २१ दिन बाकी रहदा नेकपा एमाले मदाने गाउँपालिका अन्य पार्टी तथा गठबन्धन सँग एक्लै भिड्न लागेको छ । नेकपा एमाले मदाने गाउँपालिका अध्यक्ष समेत रहेका प्रेम केसी यसपालिको निर्वाचनमा गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन । त्यस्तै गाउँपालिका उपाध्यक्ष समेत रहेकी सरिता खड्का पुन: गाउँपालिका उपाध्यक्ष मै भिड्न थालेकी हुन ।
अन्य पार्टी तथा गठबन्धन एकाध वडा बाहेक तथा पालिका प्रमुख उपप्रमुखको टुङ्गो लगाउन नसकिरहेको अवस्थामा भने नेकपा एमालेले मनोनयन दर्ता गर्नु भन्दा केही दिनमै उम्मेदवार टुङ्गो लगाएको हो । मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गमा वडा अध्यक्ष समेत रहेका प्रेम चन्द बोहरा पुन: अध्यक्षमा उम्मेदवारी दिने भएका छन । स्थानिय तहको निर्वाचन २०७४ मा उनले ५७५ मत सहित निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट राजेन्द्र बिष्टलाई ३२१ मतान्तरले विजयी भएका थिए ।
यस्तै वडा नम्बर २ बाझकटेरीमा वडा अध्यक्ष समेत रहेका माधव प्रसाद भुसालले पुनः वडा अध्यक्षमा उम्मेदवारी दिन लागेका छन । स्थानिय तहको निर्वाचन २०७४ मा उनले ७६८ मत सहित निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट मोतिबहादुर खत्रीलाई ३१२ मतान्तरले जितेका थिए ।
यस्तै वडा नम्बर ३ सिर्सेनीबाट भने नयाँ अनुहार देखिएका छन । ईश्वरबहादुर जिसी यसपालिको निर्वाचनमा वडा अध्यक्षका लागि होमिन लागेका छन । स्थानिय तहको निर्वाचन २०७४ मा वडा नम्वर ३ सिर्सेनीमा नेकपा एमालेबाट नै नारायण घर्तीले वडा अध्यक्षमा ८१३ मत सहित निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट डिलहरी सेन ओलीलाई ३५५ मत अन्तरले जितेका थिए ।
यस्तै वडा नम्बर ४ म्यालपोखरीमा वडा अध्यक्ष समेत रहेका भिम प्रसाद भट्टराईले पुनः वडा अध्यक्षमा उम्मेदवारी दिन लागेका छन । स्थानिय तहको निर्वाचन २०७४ मा वडा नम्वर ४ म्यालपोखरीमा नेकपा एमालेबाट भिम प्रसाद भट्टराईले वडा अध्यक्षमा ४५० मत सहित निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट नङ्गनारायण भट्टराईलाई झिनो मततन्तर ७७ ले जितेका थिए ।
यस्तै वडा नम्वर ५ मलागिरीमा पनि नेकपा एमालेबाट वडा अध्यक्ष बनिसकेका हिमाल खड्काले यसपालि पनि पुनः वडा अध्यक्ष उम्मेदवारी दिन् भएका छन । स्थानिय तहको निर्वाचन २०७४ मा उनले ४४५ मत सहित निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट निमाकुमारी सेनलाई १४२ मत अन्तरले जितेका थिए ।नेकपा एमालेबाट वडा अध्यक्ष बनेका लोकहरि कुँवरले यसपालि वडा नम्बर ६ पुर्कोटदहबाट वडा अध्यक्षमा दाबेदार गर्ने भएका छन ।
स्थानिय तहको निर्वाचन २०७४ मा तोकम कुवरले ७४० मत सहित निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसबाट मनिराम थापालाई झिनो मत ६ मतान्तरले जितेका थिए ।वडा नम्बर ७ भनभनेमा नेकपा एमालेबाट ओमबहादुर केसीले वडा अध्यक्षमा उम्मेदवारी दिने भएका छन । स्थानिय तहको निर्वाचन २०७४ मा यस वडामा नेपाली काङ्ग्रेस विजयी भएको थियो ।
नेपाली काङ्ग्रेसका काशीबहादुर बोहोराले ६३८ मत सहित प्रतिद्धन्द्धी नेकपा एमालेका प्रेमनारायण घिमिरेलाई ९५ मतान्तरले जितेका थिए ।नेपाली काङ्ग्रेस सहित सत्तारुढ गठबन्धन भर्सेस नेकपा एमाले भनिएता पनि गठबन्धनको टुङ्गो मदाने गाउँपालिकामा लाग्न नसक्दा केही वडा अध्यक्ष बाहेक गाउँपालिका प्रमुख उपप्रमुखमा टुङ्गो लगाउन सकेको छैन ।
निर्वाचन आयोगले ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ताको लागि तालिका समेत सार्वजनिक गरेको छ । आज बेलुका सम्म गाउँपालिका सबै उम्मेदवारको टुङ्गो लाग्ने माओवादी केन्द्र गुल्मीका संयोजक तथा सत्तागठबन्धन वार्ता समितिका प्रवक्ता बुद्धि जिसीले जानकारी दिए ।