सञ्चालक समितिबाट निर्णय गरेपछि अन्य प्रक्रिया पुरा गरेर धितोपत्र बोर्डबाट अनुमति लिएर आईपीओ निष्कासन गर्न केही समय लाग्नेछ। तीन करोड कित्ता आईपीओ भएकाले करिव ३० लाखले १० कित्ताका दरले आईपीओ पाउनेछन्।
यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति समर्थन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ। निजी क्षेत्रबाट प्रवद्र्धन गरिएको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिले गत जेठमा लाइसेन्स पाएको थियो।