धादिङ -धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नम्बर ७ मा रहेको तल्लो बेसि पिप्ले भन्ने ठाउमा एक सात महिनाकि गर्भवती महिलाको एकदमै रहस्यमय तरिकाले आफ्नै घरको कोठाभित्र झुन्डिएको अबस्थामा फेला परेकीछिन । बिबाह भएको एक बर्ष बित्दा नबित्दै किन चालिन त उनले यस्तो कदम जबकी उनको पेटमा एउटा नया प्राण पनि खेलिरहेको थियो ?
यहि कार्तिक २९ गतेको घटना हो गीता श्रेष्ठ नाम गरेकी एक महिला जसको पेटमा सात महिनाको गर्भ थियो उनले आफ्नै कोठामा आत्महत्या गरेकिछिन ।
श्रीमानको लगातारको तनाबले गर्दा उनले यस्तो गरेको भन्ने खबर बाहिरिएको छ । नारायणकाजि श्रेष्ठ नाम गरेका पुरुषसग उनले प्रेम बिबाह गरेकि रहिछिन । धादिङ जिल्लाकै निलकण्ठ १२ साङ्कोचमा माइतिघर भएकी गीतालाई बिबाहको केही दिनपछि नै टर्चर दिन थालिएको रहेछ ।
यो घटनाबारे जानकारी दिनको लागि आज गीतालाई बहिनी बताउने एक महिला मिडियामा आएकीछिन । उनका श्रीमान नारायणकाजीले घर नजिकैकी एक राममाया श्रेष्ठ नाम गरेकि महिलालाइ धर्मिदिदी बनाएका रहेछ्न । उनिहरु दुइबिचको सम्बन्धलाई लिएर श्रीमानश्रीमतीबिच मन मुटाब सुरु भएको कुरा उनै दिदिले खुलाइन ।
सन्तानको माया छदाछ्दै पनि बाच्ने कुनै आधार कुनै ठाउँ नै नभएपछि यस्तो कदम चालेको बताइन उनले । श्रीमानको कुटाइ नराम्रो बचन, तनाबै तनाबमा बाचेकी रहिछिन उनी । चिन्ता नै चिन्ताले उनलाइ चिताको बाटोतिर डोर्याएको छ । श्रीमानको कुटाइ खेप्न नसकेर उनी माइतिको शरणमा पनि पुगेकी रहिछिन । कठै गीता घरपरिवारको इज्जत सम्झिएर पनि निकै सहिछिन उनले । तर भएपछी यस्तो कदम चालिन उनले ।
नानी जन्मेपछी त केही राम्रो हुन्छ कि भन्ने आशामा बाचेकी गीताले सोचेजस्तो केही भएन, श्रीमानको कुटाइसम्म त सहेकि नै थिइन उनले तर धर्मिदिदिले दिएको यातना भने उनले सहन सकिनन र यस्तो गरिन भन्ने आरोप माइतीपक्षको रहेको छ । गीताकी दिदिले यस्तो भनिन टर्चर नै त भन्नुपर्यो नि अब, आफ्नो श्रीमानसग सुत्न बस्न खान नपाउने, आफ्नो श्रीमानसग कुरा गर्न नपाउने, धर्मिदिदिको खेतीपातीमा जानुपर्ने र उनिहरु दुइजना चाहिँ छुट्नै नहुने ।
घटना भएको आज १७ दिन बित्दा पनि घटनाबारे केहि खुलेको छैन । माइतीपक्षले गीताका श्रीमान र आमाजु बिरुद्ध गरेको दर्ता गरेको उजुरीअनुसार श्रीमान भने पक्राउ परे तर आमाजुको भने अहिलेसम्म केही खबर छैन । उल्टो आमाजुका रामशरण श्रेष्ठ नाम गरेका छोराले पि”डित पक्षलाई डर र लोभ देखाइरहेका छ्न । आफू प्रहरि जवान रहेको भन्दै डर त देखाए नै उनले साथमा डलरको भाउ सोधेर बिकाउन खोज्दै लोभ पनि दिए ।( बुटवल दैनिक)