गुल्मी, २७ कार्तिक । गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा सि एन्ड सि स्वास्थ्य सेवा प्रालि संचालनमा आएको छ । स्वास्थ्य सेवा प्रालिको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्गघाटन गरे । सोही क्रममा बोल्दै मन्त्री थारुले आजका दिनदेखि नै यो अस्पतालले नागरिकमा भर्ने आशा र बिश्वास नै सँस्थाको भोलिको जीवन र ब्यावसायिक सफलता भएको बताए ।
अहिलेसम्म तिनै तहका सरकारले पुर्वाधार निर्माणसगै स्वास्थ्यका क्षेत्रमा विभिन्न काम गरिरहेकाले अब निशुल्क र सर्भसुलभ भनिएका सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए । उनले निजी सामुदायिक र सरकारी अस्पतालहरुको साझेदारीमा बिकटलाई निकट बनाउनुनै आफुहरुको उदेश्य भएकाले संगै मिलेर काम गर्न आग्रह गरे ।
त्यस्तै पुर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले नागरिकको आधारभुत स्वास्थ्य सेवाको सुबिधालाई थप मजबुत गर्न निजि र सामुदायिक स्वास्थ्य सँस्थालाई प्रदेश सरकारले हतोतसाहित नगरेर सधै प्रोत्साहन गर्ने बताए । साथै उनले स्वास्थ्य सस्था अरु व्यावसाय जस्तो नभएकाले नेपाल सरकारको अधिनमा रहेर सेवालाई थप नागरिकमैत्री बनाउन आग्रह गरे । त्यस्तै चन्द्रकोट गाउँपालिमा उपप्रमुख राधिका अर्यालले स्वास्थ्य सेवा प्रालि र स्थानीय तहबिचको समन्वय मार्फत स्थानीय जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने बताइन् । उनले युवा उधमीहरुले चन्द्रकोट र बाग्लुङका नागरिकको भावनालाई बुझेर संचालन गरेको स्वास्थ्य सेवा प्रालिले सामान्य रोगको परिक्षण र एक्सरे गर्न पाल्पा बुटवल पुग्ने बाध्यता हट्ने बिश्वास ब्यक्त गरिन ।( गुल्मी न्युज )