छड्के न्युज डटकम/ मंसिर ०६, गुल्मी -नेपाली काङ्ग्रेस रेसुङ्गा नगरपालिकाका निर्वतमान सचिव तथा काङ्ग्रेस गुल्मीका नेता अनिल बस्नेतले गुल्मीको क्षेत्र नम्बर २ मा सचिव पदको लागि उमेदवारी दिने घाेषणा गरेका छन् । जिल्लाकाे रेसुङ्गा नगरपालिका ३ का बस्नेतले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चलिरहेको केन्द्रीय निर्वाचन क्षेत्रकाे अधिवेशनमा सचिव पदमा उमेदवारी दिने घाेषणा गरेका हुन् ।
अघिल्लो महाधिवेशनमा सर्वसम्मत नगरपालिकाकाे सचिव बनेका उनी अहिले पनि सर्वसम्मत सचिव बन्न चाहेको बताउँछन् । जिल्लाका हरेक आन्दोलनकाे अगुवाकाे रुपमा आफू रहेको, जनताको सुखदुःखमा निरन्तर खटिरहेकाे, सबैलाई एकताबद्ध गर्ने शक्ति आफूमा भएको, विद्यार्थी आन्दोलनमा सहभागी बनेको, सैद्धान्तिक र बैचारिक बहसमा आफू सधैं अगाडि रहेको भन्दै बस्नेतले नेपाली काँग्रेस गुल्मीले आफूलाई क्षेत्रीय सचिव पदमा सर्वसम्मत चयन गर्नुपर्ने बताएका छन् ।
प्रजातान्त्रिक परिपाटीमा निर्वाचन पनि सामान्य कुरा भएकोले क्षेत्रीय कार्य समिति छनाैट निर्वाचन मार्फत भएमा सबै क्षेत्रीय प्रतिनिधिहरुलाई मतदान गर्न आग्रह गरे । गुल्मीमा केन्द्रीय निर्वाचन क्षेत्रकाे अधिवेशन आज हुदै छ । क्षेत्र नम्बर १ काे रीडि र क्षेत्र नम्बर २ काे तम्घास चिदिचाैरमा अधिवेशन हुदै छ ।