छड्के न्युज डटकम / मंसिर १२ गुल्मी -नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मीमा ८ औं जिल्ला अधिबेशन मंसिर १० गते देखी चलिरहेको छ । जिल्ला कार्यसमितिको नेतृत्व चयनका लागि मंसिर ११ गते गुल्मीको ८ औं अधिबेशनमा नेतृत्व चयनका लागि जिल्लाको सदरमुकाम तम्घास चिदिचौर मैदानमा चलिरहेको मतदान मतपत्रमा संकेत देखिएका कारण मुसिकोट नगरपालिकाको मतदान शनिबार रोकिएको थियो ।
केन्द्रिय निर्वाचन आयोगले आइतबार बिहान ९ बजे देखि १ बजे सम्म मतदान गर्न जिल्लामा निर्देशन दिएपनी देउवा समुहका उम्मेदवार बेद बहादुर थापाले होटल एभरग्रीनमा पत्रकार सम्मेलन गरि मतदान अबरोध गर्ने भनेपछी पौडेल र देउवा पक्ष बिच विवाद बढेको थियो ।
मतदान गर्न पाउने अधिकार आफुहरुको भएको भन्दै मुसिकोट नगरपालिकाका क्षत्रिय प्रतिनिधिले चर्को आबाज उठाउदै आएका थिए । बिहानदेखि बिपि स्मृति भवनमा दुई पक्षका उम्मेदवार र बर्तमान कार्यसमितिको लामो छलफलपछी बिबाद मिलेको स्रोतले जनाएको छ । ४ बजेदेखि बिपि स्मृति भवनमा मतदान हुने छ । मुसिकोट नगरपालिकाका १सय ५२जना क्षत्रीय प्रतिनिधिले मतदान गर्ने छन् ।११ स्थानीय तहको मतपेटिका पार्टी कार्यलयमा राखिएको छ ।