मनोज कार्की /गुल्मी ११ मंसिर /छड्के न्युज डटकम – नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत गुल्मीमा ८ औं जिल्ला अधिबेशन मंसिर १० गतेदेखी चलिरहेको छ । जिल्ला कार्यसमितिमा सर्वसम्मती हुन् नसकेपछि शनिबार नेतृत्व चयनका लागी जिल्ला सदरमुकाम तम्घास चिदिचौर मैदानमा मतदान चलिरहेको थियो । दिउँसो मतदान चालिरहेको बेला मतपत्रमा संकेत भेटिएपछि दिउँसो २ बजेदेखी काँग्रेसमा बिबाद चुलिएको थियो । मतपत्रमा संकेत भेटिएपछि जिल्ला सभापतिका उम्मेदवार बेद बहादुर थापा मगर मतदान स्थलबाट निस्किएका थिए भने उनका प्रतिस्पर्धी खिलध्वज पन्थी मतदान स्थलमै रहेका थिए ।
बिबादलाई साम्य पारी मतदानलाई अगाडि बढाउने उदेश्यले बर्तामान कार्यसमिति सहित सभापतिका द्धय उम्मेदवारलाई पनि दिउँसो विपी स्मृति भवनमा बैठकका लागी बोलाइएको तर बैठकमा सभापतिका उम्मेदवार थापा अनुपस्थित रहेको नेपाली काँग्रेस गुल्मीले जनाएको छ । केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार भाली अर्थात् मंसिर १२ गते चिदिचौरमा नै विहान ९ बजे देखी दिउँसो १ बजे सम्म मुसिकोट नगरपालिकाको मतदान हुने निर्वाचन अधिकृत सतिस कुमार झाले बताए ।
जिल्लाका १२ स्थानिय तह मध्ये ११ वटा स्थानिय तहको निर्वाचन सकिएको छ । मतदान सकिएको क्षेत्रका मतपेटिका पार्टी कार्यालयमा राखिएको छ । जिल्लाका उपसभापति पदका लागि अनन्तराम पौडेल, शिबबहादुर खत्री, झबिन्द्र बिश्वकमाले उम्मेदवारी दिएका छन् भने सचिवमा थम्मन बहादुर के.सी , भगत खड्का, पूर्ण के.सी , जगदिश भट्टराई,पृथ्वीबहादुर फौजदारले उम्मेदवारी घोषणा गरेका छन् । सह–सचिबमा रेशम कुवँर, छवि पाण्डे,धर्म पाण्डे र निरोज मरासिनीले उम्मेदवारी दिएका छन् । ५ जना (खस आर्य) सदस्यका लागी १२ जनाले उम्मेदवारी दिएका छन् । गुल्मी निर्वाचन क्षेत्र नम्वर एकमा ९ सय ३९ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् भने दुईमा ८ सय २७ जना प्रतिनिधि रहेका छन् ।