बसन्त अधिकारी/ गुल्मी
मुसिकोट नगरपालिका ७ झेदी र मुसिकोट ३ नौबिसे जोड्ने बडिघाट खोलाको पुल पुन बन्ने भए संगै जनतामा आशा थपिएको छ ।
विगतमा उक्त पुल निर्माणको क्रममा दुई पटक सम्म भत्किएकोले उपभोक्ता निरास भएको स्थानिय मधु घिमिरेले बताउनु भयो ।
मुसिकोट नगरपालिका- २,३,४ र नगरको केन्द्र मुसिकोट -७, वामी टक्सार जोड्ने मुख्य सिमानामा रहेको यो नाकामा गाडी आवातजावतको लागि पुल नहुदा उक्त वडाका जतताहरुले सास्ती भोगिरहेको मुसिकोट ३ का वडा सदस्य थम्मम बहादुर घिमिरेले बताउनु भयो ।
नयाँ स्टोमेट अनुसार पुल बन्ने भनेर केही सामान झारिएको छ अब बन्ला भन्ने आशा पलाएको छ झोलुङ्गे पुल तेसैमाथी भुकम्पले बाङो भएको छ बाइकहरु सास्तिले वारीपारी गराउछ्न एकदमै जोखिमपुर्ण भएको छ स्थानिय व्यवसायी अर्जुन के.सी. ले बताउनु भयो ।
अहिले पुन पुलको स्टोमेट परिवर्तन गरि “स्टिल ट्रष्ट बृज” पुल निर्माण गर्न लागिएको, पुलको लम्बाइ ५६.३ मिटर र चौडाइ ६ मिटर रहने प्रादेशिक सडक पुल समन्वय इकाइ, बुटवलका टेक्निकल अफिसर भिराजा पौडेलले जानकारी दिनुभयो ।
स्विस सरकारको लगानिमा बन्न लागेको पुलको निर्माणको जिम्मा जलप कन्ट्रक्सनले लिएको र असार मसान्तसम्म समापन गर्ने अफिसियल तार्गेट रहेको छड्केसङको संवादमा टेक्निकल अफिसर पौडेलले बताउनु भएको छ ।