बिबश बिष्ट / असोज ०८ गुल्मी – मदाने गाउँपालिकामा विभिन्न किसिमका रोगहरुमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । असोज ९ गते देखी असोज २१ गतेसम्म संचालन हुने गरी स्वास्थ्य शिविर गर्न लागिएको हो । दात सम्बन्धि स्वास्थ्य सेवा भने असोज १२ देखि २१ सम्म संचालन हुने छ ।
स्थानियहरुको मागलाई मध्येनजर गर्दै सेवा तथा सुविधा प्रदान गर्न यस स्वास्थ्य केन्द्रले विभिन्न समयमा विभिन्न फरकफरक खालका स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको छ । जर्मनी विशेषज्ञ डाक्टरहरु द्वारा संचालन हुने शिविर मदाने गाउँपालिका २ बाझकटेरी स्थित मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा संचालन हुने बताइएको छ ।
बिगतका बर्षहरुमा पनि यस्ता किसिमका स्वास्थ्य शिविर सञ्चालन भैरहेको र कोभिडका कारण रोकिएको थियो । स्थानियहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै जर्मनी विशेषज्ञ डाक्टरबाट गाउँमै निशुल्क सेवा सुबिधा लिन पाउदा स्थानीय निकै उत्साहित भएका छन ।