गुल्मी । विश्व दुग्ध दिवसको अवसरमा गुल्मीमा जिल्ला कारागारका कैदीबन्दी र उपल्लो तम्घासमा फरक क्षमताका विद्यार्थीले पढ्ने विद्यार्थीलाई दूधका परिकार खुवाइएको छ ।
जिल्ला कारागार गुल्मीमा रहेका १०० भन्दा बढी कैदी बन्दी र उपल्लो तम्घास माध्यमिक विद्यालय रहेका ३० जना फरक क्षमता विद्यार्थीलाई दुग्ध जन्य परिकार खुवाइएको थियो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपाल डेरी एशोशिएसन, लुम्बिनी दुग्ध वितरण आयोजना बलेटक्सार दूध चिस्याउने केन्द्र र विभिन्न दूध सहकारी र किसानको आयोजनामा दूध दिवसको कार्यक्रम गरिएको थियो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेका अनुसार जिल्लामा उत्पादित दूधको २० प्रतिशत मात्र बिक्री हुने गरेको बताए ।
जिल्लामा वर्षमा २२ हजार २५८ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । जिल्लामा सुख्खा सिजनमा केही मात्रामा दूधको आवश्यक परे पनि अन्यन्त्रबाट दूध ल्याएर बेच्नु पर्ने अवस्था नरहेको उनको भनाइ छ ।