चितवन मंसिर १४: नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम आउन थालेको छ। प्रारम्भिक परिणाम अनुसार वर्तमान अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन्।
एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको छ। विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने सुब्बाले बताए। अध्यक्षमा केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच प्रतिस्पर्धा भएको छ।
एमालेको नेतृत्व चयनका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान भएको थियो। निर्वाचन आयोगका अध्यक्ष सुब्बाका अनुसार महाधिवेशनमा दुई हजार एक सय ५३ मतदाता थिए।नेपाल खबर