बुटवल -कपिलवस्तु प्रहरीले विभिन्न अपराधमा संलग्न भई फरार रहेका ८१ जनालाई एकैदिन पक्राउ गरेको छ।जिल्लाभित्र भएका विभिन्न अपराधमा संलग्न रहि फरार रहेका ८१ जनालाई मंगलबार एक दिनमै पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको हो।
जिल्लामा विभिन्न मिति र समयमा भएका लागुऔषध दुव्र्यसन, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई जिल्ला अदालतले कसुरदार ठहराएपनि फरार रहेका ८१ जनालाई एकैदिनमा पक्राउ गनृ सफल भएको हो।यति धेरै फरार अभियुक्तहरुलाई एकैदिनमा पक्राउ गर्न सफल भएको यो पहिलो घटना भएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए।उनले आफु कपिलवस्तु प्रहरी प्रमुखको रुपमा आएदेखि नै फरार अभियुक्तहरुको सूचना संकलन एवं प्रहरी कार्यमा सक्रियता दिएसंगै एकै दिनमा सफलता हासिल हुन सकेको बताए।
“अपराध गरेर समाजलाई दुषित पारेर बिभिन्न आवरणमा त्यही समाजमा लुकेर बसिरहेकाहरुलाई प्रहरीले टुलुटुलु हेरेर बस्दैन, बरु अपराध गर्नेहरु एक दिन अवश्य कानूनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीब्रता दिएका हौं।” एस।पि।कार्कीले भने ।
कार्कीका अनुसार जिल्लाका कृष्णनगर, गणेशपुर, चन्द्रौटा, पिपरा, गोरुसिङगे, र पकडी स्थित इलाका प्रहरी कार्यालयहरुले सबैभन्दा धेरै फरार अभियुक्त पक्राउ गरेका छन् ।पक्राउ गरिएका फरार प्रतिवादिहरुलाई फैसला बमोजिमको सजाय भुक्तानको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराईएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए। साभार : समयचक्र डटकम