पाैडेलले लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका थिए। इतरबाट सहमतिमा सभापतिको साझा उम्मेदवार हुन नसकिएपछि पौडेल प्रतिस्पर्धाको दौडबाटै बाहिरिएका हुन्।
पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए। उनी पनि सभापतिका आकांक्षी थिए। तर सहमति जुट्न नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए र मतदानमा नै सहभागी नहुने घोषणा गरेका थिए।
पौडेललाई फकाउन देउवा उम्मेदवारी दर्तापछि उनको निवाससम्मै पुगेका थिए। देउवाले आफूलाई सहयोग गर्न वा अरुहरुको पक्षमा नखुल्न आग्रह गरेका थिए।देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए।
कांग्रेसकाे सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन्। वर्तमान सभापति शेरबहादुर देउवा प्रकाशमान सिंह शेखर काेइराला विमलेन्द्र निधि र कल्याण गुरुङ कांग्रेस सभापतिकाे प्रतिस्पर्धामा रहेका हुन्। आज १३४ पदका लागि चुनाव हुँदैछ।देश संचार