छड्के न्युज डटकम / पौष ०५, गुल्मी : जनपत्रकार संगठन गुल्मीले ८ बुदे माग सहित नेपाल पत्रकार महासंघ गुल्मी शाखालाई ज्ञापन पत्र बुझाएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै नेपालको पत्रकारिता क्षेत्र र पत्रकारको साझा सस्था नेपाल पत्रकार महासघ थप मर्यादित , अनुशासित जिम्मेवार बनाउने सुझाव सहितको ज्ञापन पत्र जनपत्रकार संगठन गुल्मीका अध्यक्ष डिबि खड्काले नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याललाई बुझाएका हुन् ।
ज्ञापन पत्रमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक पेसागत सुरक्षा , कोरोनाका कारण रोजगार गुमाएका सन्चारकर्मीको पुनस्थापना , राहत र स्वास्थ्य उपचार , सदस्यहरुको शुद्धीकरण, समानुपातिक बिज्ञापन प्रणालीको कार्यान्वयन , पत्रकारलाई निशुल्क कोरोना बिमा, महामारीको समयमा पत्रकारलाई सुरक्षित रिपोर्टिङमा मद्दत, पत्रकारलाई आबश्यक तालिम दिनुपर्ने लगायतका सुझाव सहितको ज्ञापन पत्र पत्रकार महासंघ गुल्मीलाई बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै जन पत्रकार संघले सुझाव सहित राखेको ८ बुदे माग पत्रकार सथा सन्चारगृहको हितमा रहेको र सङठनले उठाएका माग कार्यान्वयन गर्न र गराउन थप आफू र महासंघ कदम चाल्ने नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष रेशम कुवर,सह -सचीव तिलाचन पाण्डे , कार्यसमिति सदस्य तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।