फागुन ०७,गुल्मी : जिल्लाको पहिलो रेडियो रेसुङ्गा एफ.एम.१०६.२ मेगाहर्जले आज देखि १५ औं वर्षमा प्रवेश गरेको छ । २०६४ साल फागुन ७ गते गुल्मी जिल्लामा पहिलो रेडियो स्टेशनको रुपमा स्थापना भएको रेडियोले आफ्नो सफलतम १४ औँ वसन्त पार गरि १५ औँ वसन्तमा प्रवेश गरेको हो । यस अवसरमा शुभकामना रेडियो सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले रेडियो सञ्चालक समितिका सदस्यहरु, शेयरधनी, विज्ञापनदाता, रेडियोमा कार्यरत रेडियोकर्मी, संवाददाता, स्रोता, शुभचिन्तक सबैमा शुभकामना दिनुभएको छ ।
अध्यक्ष भलामीले रेडियोले आगामी दिनमा पनि थप स्रोताका मनछुने कार्यक्रम उत्पादन र प्रशारण गर्दै जाने बताउनुभएको छ । अध्यक्ष भलामीले रेडियो स्थापनापश्चात सूचना र सञ्चारका माध्यमद्वारा आवाज विहिनहरुको आवाजलाई बुलन्द गर्न सफल भएको बताउनुभएको छ । स्थानीय, राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरका समचार, सूचना प्रशारण गर्दै नागरिकहरुलाई सुसुचित गर्ने कार्यमा रेडियो रेसुङ्गा अग्र स्थानमा रहेको दाबी गर्नुभयो ।
साँघुरो बजार क्षेत्र, धेरै अवरोहका बीच पनि रेडियोले आफ्नो प्रशारणलाई हरपल जारी राखेको भन्दै नागरिकको सही र तथ्यपूर्ण सूचना पाउने अधिकारलाई सुनिश्चित गर्न रेडियो रेसुङ्गा कोसेढुंगा सावित भएको बताउनुभएको छ । “गाउँ देखि शहर सम्म पहाडदेखि तराई सम्म शान्ति र समानताको प्रतिक”नारा बोकी २०६४ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवशर पारेर स्थापना भएको रेडियोले आम नागरिकको सूचना र अधिकारको प्रत्याभुती गराउदैँ सुचना, शिक्षा संञ्चार र मनोरञ्जन प्रदान गर्ने, नेपाली कला साहित्य सिर्जना र संस्कृतिको संरक्षण गर्ने, शान्ति र समतामूलक समाजको निर्माणमा सहयोग जुटाउने, सामाजिक विकृति विषङ्गति विरुद्ध चेतना जगाउने लगायतका विभिन्न उद्देश्य राखि स्थापना भएको रेडियोले लाखौँ स्रोताको मन जित्न सफल भएको छ ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थीत नयाँ बजारमा स्टुडियो रहेको रेडियोले समुद्री सतहबाट २ हजार मिटर उचाईमा रहेको अर्जुनडाँडा स्थीत आफ्नै टावर बाट सेवा प्रसारण गर्दै आएको छ । निजि क्षेत्रबाट कम्पनि ऐन अन्तर्गत सञ्चालन भएपनि रेडियोले सामुदायिक रेडियो सरह आफ्ना समाचार र विषय वस्तुलाई स्थान दिदैँँ आएको छ । गुल्मी जिल्लाका व्यवसायी, वुद्धिजिवि र संञ्चारकर्मीको संयुक्त पहलमा ५० जना महानुभावहरुको यस रेडियोमा लगानी रहेको छ ।
रेडियोले मुख्यतः आफ्नो गाउँ ठाउँ र समाजमा रहेका समुदायको आवश्यकतालाई मध्यनजरमा राख्दै आफ्ना कार्यक्रमहरुलाई सञ्चालन गर्दै आएको छ । यस रेडियोले प्रसारण गर्ने हरेक कार्यक्रमहरु सबै क्षेत्र र समुदायलाई लक्ष्यित गरि तयार गर्ने गरेको छ । यसले संञ्चार, विकास र चेतनाले पछाडि परेका क्षेत्रका समुदायहरुलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो कार्यक्रमहरु उत्पादन र प्रशारण समेत गदै आएको छ ।
वार्षिक उत्सवको अवसर पारेर रेडियोले भोली आफ्ना सेयरधनि र रेडियोमा कार्यरत रेडियोकर्मी बीच शुभकामना आदान–प्रदान कार्यक्रम तथा कर्मचारी सम्मान् गर्ने कार्यक्रम समेत राखिएको रेडियो सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिनुभएको छ । रेडियोको भोली ८ औं अधिवेशन पनि गरिने अध्यक्ष भलामीले जानकारी दिनुभएको छ ।
रेडियोका स्टेशन म्यानेजर अनिता खत्रीले रेडियोलाई थप नयाँ प्रविधिसंग जोड्दै समयसापेक्ष रुपमा रपान्तरण गरेर लैजाने बताउनुभएको छ । पाँच सय वाट क्षमता रहेको रेडियो दैनिक १८ घण्टा प्रसारण हुँदै आएको छ । बालक देखि बृद्धसम्म लोकप्रिय बन्दै आएको रेडियो गुल्मी जिल्लासँगै छिमेकी जिल्लाहरु र इन्टरनेट अनलाईन तथा रेडियोको आफ्नै मोबाइल एम्पलिकेशद्धारा संसारैभर सुन्न सकिन्छ ।