चैत १७, गुल्मी : विश्वब्यापी रुपमा फैलिएको कारोना भाइरस तथा कोभिड– १९ का कारण सिङ्गो विश्व नै आक्रन्त बन्यो । कोरोना भाइरसको संक्रमण र अक्सिजन अभावमा कैयौ नागरिकले ज्यान गुमाए । त्यसैको अबस्थालाई मध्यनजर राखेर गुल्मी जिल्लामा स्थापना गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ ।जिल्लामा अक्सिजन अभावमा कसैले अकालमै ज्यान गुमाउन नपरोस् भनी नेपाल पत्रकार महासघं गुल्मीले अक्सिजन पलान्ट अभियान सुरु गरेको थियो । नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्ला स्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ५० लाख संकलन गरिएको पत्रकार महासघं गुल्मीले जनाएको छ ।
पत्रकारको अभियानलाई हातमा हात र काधँमा काधँ दिएर पूर्व परराष्ट्र मन्त्री तथा गुल्मी क्षेत्र नम्बर १ का सांसद प्रदीप ज्ञवालीको पहलमा १ करोड बजेट बिनियोजन भएको थियो । गुल्मी जिल्ला अस्पतालमा सञ्चालनमा रहेको अक्सिजन प्लान्टको विहीबार एक कार्यक्रमको आयोजना गरी पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । प्लान्टको उद्घाटन गर्दै पूर्व मन्त्री ज्ञवालीले महामारीको समयमा विनियोजन भएका बजेटहरु सबै ठाउँमा सदुपयोग नभएको र गुल्मीका सबैको साथ र सहयोगले समयमै संचालन गरेको पूर्वमन्त्री ज्ञवालीले बताए ।
उनले गुल्मी अस्पतालमा ५० वेड र जिल्ला भित्रका ११ पालिकामा १५ वेड क्षमताका आधारभुत अस्पताल निर्माणधिन अबस्थामा रहेका छन् । गुल्मीमा संचालनमा रहेको अक्सिजन प्लान्टले गुल्मी लगायत आसपासका जिल्लाका नागरिकलाई सहजता हुने ज्ञवालीले बताए ।
गुल्मी अस्पतालमा करिब डेढ करोडको लागतमा निर्माण गरिएको अक्सिजन प्लान्टबाट दैनिक १ सय सिलिन्डर अक्सिजन उत्पादन गर्नेगरी प्लान्ट सञ्चलनमा छ । प्लान्टबाट जिल्लामै दैनिक ४० वटा अक्सिजन सिलिन्डर उत्पादन गर्ने क्षमता रहेको गुल्मी अस्पतालले जनाएको छ । अहिले अस्पतालमा प्रतिदिन १० वटा अक्सिजन खपत हुदैँ आएको छ ।
गत बर्षको तुलनामा यस बर्ष ८६ प्रतिशत अंक लिएर गुल्मी अस्पतालले ठुलो फड्को मारेको छ । अस्पताल नेपालमा चौथो र लुम्बीनी प्रदेशमा दास्रो भएको छ ।जिल्लामै अक्सिजन उत्पदानका निम्ति सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नागरिक र राज्यको लगानीमा जिल्लामा उदाहरणिय काम भएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सहयोग गर्ने सबैमा धन्यबाद दिए । अक्सिजन प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्ला स्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ५० लाख संकलन गरिएको थियो ।
गुल्मी अस्पतालमा राखिएको अक्सिजन प्लान्टको १ करोड ३४ लाखको लागत रहेको छ ।संकटको समयमा आम नागरिकको जीवन रक्षाका लागी यो अक्सिजन प्लान्ट निकै महत्वपूर्ण रहेको र पत्रकार महासघं र बिभिन्न सरोकारवाला निकायका पहलमा संचालनमा ल्याईएको अक्सिजन प्लान्टबाट गुल्मी बासीलाई राहत भएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले बताए ।गत वैशाख–जेठमा कोरोनाको दोस्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो । तर अब भने जिल्लामा अक्सिजनको अभाव कसैले ज्यान गुमाउन नपर्ने भएको छ ।