गुल्मी – गुल्मीकी प्रमुख जिल्ला अधिकारि रुद्रादेवि शर्मालाइ बिदाइ गरिएकोे छ । गएको पुस ८ गते गुल्मी जिल्ला आउनुभएकी प्रमुख जिल्ला अधिकारी शर्मालाई आज बिदाइ गरिएको हो ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली, रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुषाल, उपप्रमुख सिता भण्डारी, मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसी, इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला केसी, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपालचन्द्र भट्टराई, नेपाली सेनाका संग्राम शार्दुल गुल्म गुल्मीका गुल्मपति सेनानी राजन भुजू, सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक लम्साल, नेपाली कांग्रेस गुल्मी जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, नेकपा एमालेका नेता गणेश श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष हरी न्यौपाने, जनता समाजबादीका नेता घनश्याम पाण्डे, गुल्मी उद्योग बाणिज्य संघका महासचिव तारा भुसाल, नागरिक समाजको गुल्मी तर्फबाट गुणानिधी शर्मा,नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायत जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी लगायतको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई बिदाई गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय प्रमुखहरुबाट गुल्मी दरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, जनप्रतिनिधिको तर्फबाट उत्कृष्ट भूमिका निर्वाह गर्ने इस्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला केसी र कोरोनाको समयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीलाई सम्मान गर्नु भएको थियो ।
शर्माले आफू जिल्लामा रहँदा शान्ती सुरक्षा एवं अपराध नियन्त्रण गरेको, सुरक्षा निकाय तथा मातहतका इकाइहरुको अनुगमन, कारागार निरीक्षक, लागू औषध नियन्त्रण, जनमैत्री तथा जनमुखी कार्यालय स्थापना, रेडियो मार्फत सिडियो सङ्ग नागरिक संबाद कार्यक्रम गरिएको, सुचनाको हक कार्यान्वयन ,परिचय पत्र व्यबस्थापन, सरकारी तथा सार्बजनिक समपतिको सरंक्षण, बिपद व्यबस्थापन, पुन– निर्माण पुनस्र्थापन, कोभिड १९ संक्रमण नियन्त्रण, माक्स खै ? अभियान संचालन, संघ प्रदेश तथा स्थानीय तहसङ्ग समन्वय लगायतका कार्यहरु गर्नुभयो । उहाँले गरेका कार्यहरुको सहभागीहरुले प्रशंसा गरेका थिए ।