गुल्मी, ०२ बैशाख– मालिका गाउँपालिका ८ मर्भुङ्ग भित्रका तीन वटा वस्तीनै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । एमालेबाट बिद्रोह गरी फल्लेनी,चेप्टेडाडा र चोरलोटा गरी तीन वटा वस्तीनै एकीकृत समाजवादीमा प्रवेश गरेको त्यस पार्टीका वडा कमिटीका अध्यक्ष सागर गिरीले बताए ।
उनिहरुलाई एकीकृत समाजवादीका केन्द्रिय सदस्य गणेश खनाल तथा गुल्मी क्षेत्र नम्बर दुईका इन्चार्ज चन्द्र सुनार लगायतले पार्टीमा स्वागत गरेका थिए ।
एमालेले दलित माथी भोटको राजनीति गरेको ,आफुहरुलाई भोट बैकका रुपामा मात्रै प्रयोग गरेका कारण आफुहरुले बिद्रोह गरी समाजवादी पाटीमा प्रवेश गरेको स्थानीय युवा कमल सुनारले बताए । पछिल्लो समय मालिका गाउँपालिका ८ मर्भुङ्गमा विशेषगरी एमाले बाट बिद्रोह गरी समाजवादी पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।