बैशाख ०४ गुल्मी : गुल्मीको मालिका गाउँपालिका ६ अर्जैका वडाअध्यक्ष शोभाखर गिरीलाई (नेकपा) एमालेले पुन वडाअध्यक्षको उम्मेदवारमा सिफारिस गरेको छ । मालिका गाउँपालिकाका प्रवक्ता रहेका गिरीलाई एमाले वडा कमिटीको वैठकले सर्वसम्मत सिफारिस गरेको हो । गिरी अघिल्लो स्थानिय तहको निर्वाचनमा ७ सय २५ मत लिएर (नेकपा) एमालेवाट वडाअध्यक्षमा विजयी भएका थिए । २६ बर्षको उमेरमा वडाअध्यक्षमा निर्वाचित भएका गिरीले वडा र गाउँपालिकामा सारेका नयाँ योजना र विकासका कामले लोकप्रियता कमाएका छन् ।
उनले ५ बर्षको आफ्नो कार्यकालमा अर्जै वडालाई खरका छाना मुक्त वडा घोषणा, एक घर एक धारा अवधारणा कार्यक्रम अन्तरर्गत ६ सय ४४ घरधुरी मध्ये ५ सय ६७ घरमा खानेपानीका धारा निर्माण , फुलवारी चोरकाटे हुदै अर्जै सडक कालोपत्रे गर्न ठेक्का , प्रक्रिया अगाडी , स्वास्थ्य शिक्षा उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तरर्गत मासु आत्मनिर्भर वडा, वडाभित्रका ५४ बस्तिमा फ्रि वाईफाईको ब्याबस्था , वडाबासीमा स्वास्थ्य सेवाका सहजताका लागी एमबीबीएस डाक्टर सहित गाउँमै भिडियो ऐक्सरे,ल्याव सेवा जिल्लामै पहिलो र लुम्बीनी प्रदेशकै दास्रो पूर्ण संस्थागत प्रसुती वडा घोषणा शैक्षिक गुणस्तर सुधारका साथै भौतिक विकासका काममा जोड दिइएको उनले बताए ।
वडामा संचालित क्रमगत योजना सम्पन्न , आर्थिक समृद्धिलाई जोडेर युवालाई ग्रामिण क्षेत्रमा रोजगारी लगायतका विकासका पूर्वाधारलाई प्राथमिकतामा राखेर नागरिकका समस्यामै केन्द्रित रहने गिरीको भनाई छ । आफू वडाअध्यक्षमा निर्वाचित भईआएपछी जनताको विचमा रहेर काम गरेको र ५ बर्षको उर्जाशिल समय वडाबासीका साथमा रहेर वडाको विकास र परिवर्तनमा दिएकाले आगामी वैशाख ३० गते हुने निर्वाचनबाट आफूलाई वडाबासीले अत्याधिक मतले विजयी गराउने बिश्वस्त रहेको उनले बताए ।