पौष ०५, काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन् । मंगलबार (आज) बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेतामा निर्विरोध चयन गरेको हो।
ओलीलाई संसदीय दलको नेताका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र उपाध्यक्ष सुवास नेम्वाङको समर्थन रहेको थियो। त्यस्तै अब दलको उपनेता, प्रमुख सचेतक र सचेतकका लागि भने अबको बैठकमा चयन हुने अध्यक्ष ओलीले सांसदहरुलाई जानकारी गराएका छन्। अबको बैठक बारे भने समय तोकिएको छैन।