बैशाख १०, गुल्मी –धुर्कोट गाउँपालिकाको प्रमुख पद शुक्रबार नेपाली काँग्रेसले पाउने भएपछि माओवादी नेताहरूले असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्र गुल्मीका संयोजक तथा सत्तागठबन्धन वार्ता समितिका प्रवक्ता समेत रहेका बुद्धि जिसीले आफू स्वयंकै गम्भीर असन्तुष्टि रहेको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले विवाद समाधानका लागि प्रदेशलाई पठाएको जुन विषय थियो त्यो समाधान हुनुको साटे झन् बल्झाइएको छ ।’
‘हाम्रो पार्टीको जोड धुर्कोट गाउँपालिका, त्यो पनि नभए हिजो हामी सँग गठबन्धन गरेको सत्यवती गाउँपालिका वा कलिगण्डकी गाउँपालिका हो । यदि त्यो पनि नभए मुसिकोट नगरपालिकामा उपमेयर हो । तर एक्कासि धुर्कोटको सट्टा मदाने गाउँपालिका हामीलाई दिने भनिएको छ त्यसमा हाम्रो गम्भीर असन्तुष्टि भएकोले सच्याउन माग गरिरहेका छौँ,’ उनले थपे ।
बुटवल पुगेका माओवादी केन्द्र गुल्मीका पूर्व अध्यक्ष तथा वार्ता समितिका संयोजक वीरबहादुर कार्कीले पनि नेता जिसी सहित आफूहरूलाई धुर्कोकोटको सट्टा मदाने गाउँपालिका दिइएकोमा असन्तुष्टि व्यक्त गरे । त्यसविरुद्ध माओवादी केन्द्रबाट विजयी भएका धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी घोषणा गरिरहेका छन्। स्रोत :रातोपाटी