जेठ १८, काठमाडौँ– काठमाडौँका नवनिर्वाचित मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भेटवार्ता गरेका छन् ।भेटमा प्रधानमन्त्री देउवालेले शाहलाई जितका लागि बधाइ दिँदै विकासका काममा पूर्ण सहयोग गर्ने बताएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
महानगरको नगर कार्यपालिकामा कांग्रेसको बहुमत रहेको र काठमाडाैँको विकासका लागि सँगगँगै अघि जान कांग्रेस तयार रहेकाे उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले काठमाडौँको फोहोर व्यवस्थापनको लागि केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुने आश्वासन पनि दिएका छन् ।मेयर शाहले आफु महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।