जेठ १९, काठमाडौं – तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव आज मृतकका परिवारलाई हस्तान्तरण गरिने भएको छ । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएपछि आफन्तलाई शव हस्तान्तरण गर्न लागिएको हो ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवहरुको पोस्टमार्टम गरिएको थियो । दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव सोमबार र मंगलबार दुई चरणमा काठमाडौं ल्याइएको थियो ।
पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ ।