जिल्ला प्रशासन कार्यालय गुल्मीले सोमबार साँझ १२ बजे सम्म कडा पार्दै आएको लकडाउनलाई राती १२ बजे पछि एक हप्ता सम्मका लक गाउन खुकुलो पार्ने निर्णय गरेको छ । सोमबार दिउँसो प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको अध्यक्षतामा बसेको कोभिड सङ्कट व्यवस्थापन समितको बैठकले निषेधाज्ञालाई विगतको भन्दा केही खुकुलो पारेको सहायक जिल्ला प्रमुख अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार आगामी सोमबार राती १२ बजे सम्मका लागि दैनिक बिहान ६ बजे देखि दिउँसो ३ बजे सम्म सबै प्रकारका पसल , होटेल , रेस्टुरेन्ट, बैङ्क तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू सामाजिक दुरी कायम राख्दै खुल्ला रहने छन् ।त्यस्तै सबै प्रकारका सार्वजनिक सवारी साधनहरू बिहान ६ बजे देखि साँझ ८ बजे सम्म चल्न पाउने छन् । त्यस पछि भने बिहान ६ बजे सम्म चल्न पाउने छैनन् ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले लकडाउन कडा बनाई रहँदा नागरिकहरूको कष्टकर दिनचर्यालाई मध्ये नजर गरेर एक हप्ता सम्मका लागि केही खुकुलो पारिएको बताइन् ।
उनले सार्वजनिक यातायातका साधनहरू नचल्दा प्रशासनको आँखा छल्दै मनपरी भाडा लिएर यातायातका साधनहरू चल्ने पाइएको र नागरिकहरू आर्थिक रूपले ढाड सेकाइमा पारेकोले केही समय थोरै भए पनि राहत दिने उद्देश्यले थोरै खुकुलो पार्नु परेको धारणा राखिन् ।विद्यालयको जमघटमा पठन–पाठन, सभा–सम्मेलन , तालिम –गोष्ठी लगायत मानिसहरूको बढी जमघट हुने कार्यक्रम भने पहिला जति कै रोक लगाइएको उनको भनाई छ ।साभार :रातो पाटी