बैशाख ९ माधब खरेल
मुसिकोट नगरपालिका भित्र क्षयराेगका बिरामी प्रशस्त रहेको हुँदा क्षयराेगका बिरामीलाई कम गर्न क्षयराेग मुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य साथ मुसिकोट् नगरपालिकाले वडा स्तरीय क्षयराेग मुक्त अभियान सन्चालन गर्न वडा स्तरीय समिती गठन तथा अभिमुखीकरण कार्यक्रम सन्चालन गरेको मुसिकोट नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिका उपप्रमुख गङगा श्रेष्ठले मुसिकोट नगरपालिकाले प्रत्येक वडालाइ क्षयराेग मुक्त वडा घोषणा गर्दै सिङ्गो नगरपालिकालाई नै घोषणा गर्ने मुसिकोट को लक्ष्य रहेको बताउदै उक्त अभियानमा जोडिन सम्पुर्ण मुसिकोट बासीलाइ आग्रह गर्नु भएको थियो ।
मुसिकोट नगरपालिका वडा न १ का कार्यबाहक वडा अध्यक्ष बिष्णु खातिको अध्यक्षतामा सुरु भएको कार्यक्रम मुसिकोट नगरपालिका उप प्रमुख गङगा श्रेष्ठ प्रमुख आतिथ्यता वडा न १ का वडा सदस्य दान बहादुर के सी, क्षयराेग मुसिकोट सयोजक विनय ज्ञवाली, मुसिकोट स्वास्थ साखा प्रमुख डि बि जि सी, वडा भित्रका स्वास्थय स्यमसेबिका, वडा भित्रका प्रधानाध्यापक तथा संघ संस्था प्रमुख, पत्रकार, बुद्धिजिबि समाजसेवी लगाएतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सन्चालन मुसिकोट नगरपालिका स्वास्थ शाखा प्रमुख डि बि जि. सी. ले गर्नु भएको थियो ।
उक्त अभिमुखी कार्यक्रममा वडा स्तरीय समिति गठन गरिएको थियो वडा न १ का कार्यबाहक अध्यक्ष विश्व खाती को संयोजकत्वमा वडा भित्रका वडा सदस्यहरु, वडा भित्रका क्लब तथा सामाजिक संघसस्था वडा भित्र विद्यालयका प्रध्यानध्यापक, पत्रकार लगाएत ४९ जनाको समिती बनाइएको वडाले जनाएको छ वडामा गठित समितिले वडा भित्र अभियानको मुल्यांकन आवधिक र आवश्यकता अनुसार तालिम सन्चाल्न गर्न सकिने बताइएको छ साथै वडाले अभियानको लागि आबश्यक बजेटको व्यावस्थापन गरि तालिम सन्चालन गर्न सकिने बताइएको छ ।