जीवन विकास लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। यस लघुवित्तले १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । अब यस कम्पनीले छिट्टै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ ।
लघुवित्तले १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको हो। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ।
यस जीवन विकास लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।
यस आइपीओलाई इक्रा नेपालले आइआर ‘बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ । यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।