वीरेन्द्र गिरी ,दाङ\ छड्के न्युज –देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा शनिबार देखि निशुल्क आँखा उपचार सेवा सुरु भएको छ । लमही स्थीत नेपाल नेत्रजोती संघ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा प्रत्येक महिनाको अन्तिम शनिवार निःशुल्क आँखा उपचार सेवा सुरु गरिएको हो ।
लमही स्थीत नेपाल नेत्रजोती संघ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा उपचार सुरु गर्ने सहमति भए अनुसार विशिषज्ञ सहितको आँखा उपचार गरिने ब्यवस्था मिलाईएको वडा नं १ का वडाध्यक्ष ताराबहादुर डिसीले जानकारी दिए । निःशुल्क आँखा उपचार सेवा हरेक महिनाको अन्तिम शनिवार राप्ती गाउँपालिका वडा नं १ को कार्यालयमा गरिने भएको छ ।राप्ती गाउँपालिकाको सहकार्यमा सुरु भएको आँखा उपचार सेवा लिन आएका सेवा ग्राहीहरु लमो समय पछि आफ्नै घर आँगनमा निशुल्क आँखा उपचार सेवा लिन पाउँदा स्थानीयबासी निकै खुसी भएका छन् ।
शनिबार पहिलो दिन मै १ सय १७ जना बिरामीले सेवा लिएका छन् ।जसमा १ जनामा जलबिन्दु फेला परेको छ भने अधिकांश बिरामीलाई चश्मा लगाउनु पर्ने देखिएको, ७ जनामा मोतीविन्दु परेको र आँखा चिलाउने बिजाउने समस्या रहेको लमही आँखा अस्पतालका नेत्र अधिकृत लालबहादुर चौधरीले जानकारी दिए ।शिविरमा निशुल्क आँखा जाँच बाहेक औषधी र चश्मामा भने शुल्क लाग्ने बताइएको छ । शिविरमा लमही आँखा अस्पतालका नेत्र अधिकृत लालबहादुर चौधरी, नेत्र सहायक विमल घिमिरे, आपुर्ती व्यवस्थापक मिना थापाले सेवा दिएका छन् ।यसैबीच महिनाको अन्तिम शनिवारको दिन पारेर राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले निःशुल्क आँखा उपचार सेवाको उद्घाटन गरेका छन् ।