जेठ २२ गुल्मी –विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा वृक्षारोपण गरी गुल्मीमा पनि मनाइएको छ । दिवसको अवसरमा डिभिजन वन कार्यालय गुल्मीले ‘पृथ्वीको संरक्षण: दिगो प्रकृतिमैत्री जीवन यापन’ भन्ने नाराका साथ रेसुङ्गा वालउद्यान धारामुल सामुदायिक वनमा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको हो ।
वालउद्यान पार्कमा तेजपत्ता, रिठा, चाप, कलक, देवदार धुपीलगायतका झण्डै १ सय वटा विरुवा रोपिएका छ । वन जंगलको संरक्षण नहुदाँ मानिसले विभिन्न किसिमका वातावरणीय समस्या झेल्नु परेको छ त्यसकारण वोटविरुवा र वातावरण संरक्षण गर्ने सबैको दायित्व रहेको साहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरेले बताए ।
मानवले प्रकृतिको दोहन गर्नाले बिभिन्न संकट आइलाग्ने गरेकाले त्यसको अत्यको लागि बोटविरुवा रोप्न र यसको संरक्षण गर्नु आबश्यक रहेको रेसुङ्गा नगरपालिका ९ का वडाअध्यक्ष कृष्ण पोण्डेले बताए ।
मानवले प्रकृतिको दोहन,जलवायु परिर्वतन, पृथ्वी तात्दै गइरहेको, वन विनाश तिब्र लगायतका विभिन्न समस्याका कारण विश्वमै दैनिक वातावरणीय समस्या देखा परिरहेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले बताए । प्रमुख सापकोटाले भने “वातावरण स्वच्छ राख्न सबैले आ–आफनो ठाउँबाट सहयोग र एउटा एउटा विरुवा रोप्न सके सुन्दर स्वच्छ वातावरण राख्न सकिने उनले बताए ।” डिभिजन वन कार्यालयले जिल्ला भर डेढ लाख बहुवर्षिय विरुवा उत्पादन गरेको कार्यालयले जनाएको छ ।