सुनिल कार्की / साउन ०६, गुल्मी – लायन्स क्लब अफ पाल्पा भैरबको बोर्ड बैठक सम्पन्न भएको छ । वर्ष २०२२/०२३ का अध्यक्ष सचिन विष्टको पहिलो बोर्ड बैठकले बार्षिक कार्यक्रम प्रस्ताव सहित पारित गरेको छ । लायन्सको अन्तराष्ट्रिय न्यूनतम मापदण्ड रहि गर्नुपर्ने कार्यक्रम सहित स्थानिय स्तरमा आवश्यताको आधारमा गर्नुपर्ने महत्वपुर्ण कार्यक्रम सञ्चालन गर्न प्रत्येक कार्यक्रमको लागि एक ÷एक जना संयोजक समेत तोकिएको छ । क्लबले प्रत्येक महिना एउटा रचनात्मक र सेवा मुलक कार्यक्रम गर्ने लक्ष्य सहित १२ वटा कार्यक्रम सार्वजनिक गरेको हो ।
बैठकले पहिलो कार्यक्रमको रुपमा तानसेनको निलसागर सेवा आश्रमको कम्पाउण्ड क्षेत्रमा जुलाई ३० मा बृहत वृक्षारोपण गर्ने भएको छ । जसको ब्यवस्थापनको लागि शिशिर पाण्डेलाई तोकिएको छ ।त्यस्तै गरि दोस्रो कार्यक्रम अमर लाम्टाङ्गेको संयोजकत्वमा आश्रममा खाद्यन्न वितरण एवं सहयोग कार्यक्रम हुने भएको छ । यस्तै चौथो कार्यक्रमको रुपमा जिल्लाको रम्भा गाउँपालिका २ फोक्सिंङ्गकोटमा जेष्ठ नागरिक सम्मान कार्यक्रम राखिएको छ । जसको संयोजक बाबुराम पछाई रहनुभएको छ ।
पाँचौ कार्यक्रमको रुपमा न्यानो कपडा वितरण कार्यक्रम रिब्दीकोटको ख्याहामा हुने भएको छ । जसको संयोजकमा सुमन पाण्डेलाई तोकिएको छ । यसै गरि रिडि स्थित ऋषिकेश मन्दिरको वृद्धाआश्रममा चन्द्रतारा बस्यालको संमन्वयमा स्वास्थ्य शिविर आयोजना हुने भएको छ । तानसेनको एैतिहासिक भगवती मन्दिर क्षेत्रमा घटस्थापनाको दिन सरसफाई कार्यक्रम हुनेछ । जसको संयोजकमा दिपक घिमिरे रहनुभएको छ । विभिन्न खालका प्रशिक्षणत्मक कार्यक्रमको आयोजना गर्न महेश खनालको संयोकत्वमा जिम्मेवारी प्रदान गरिएको छ । सामुदायिक विद्यालयका विद्यार्थी लक्षित गरेर विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम आयोजना हुने भएको छ । जसको संमन्वय उपेन्द्र बस्याल र हरिकृष्ण शर्माले गर्नुहुनेछ । दिपप्रज्वलन कार्यक्रमको समन्वयको लागि मुकेश जिसीले जिम्मेवारी पाउँनुभएको छ ।
अतिरिक्ति क्रियाकलपा अन्र्तगत नारी दिवसको अवसरमा वक्तित्वकला प्रतियोगिता आयोजना गर्न लेख बहादुर कुवँरलाई संयोजक तोकिएको छ । आँखा परिक्षण शिविर थमन सारुको संयोजकत्वमा आयोजना हुनेछ । पाल्पाको पर्यटन प्रर्वद्धनमा टेवा पु्याउन आवश्यक संरचनाको विकासको लागि रवि विष्ट र अर्जुन कार्कीलाई जिम्मेवारी प्रदान गरिएको छ । परिवारिक कार्यक्रम प्रकाश कार्कीको संयोजकत्वमा हुनेभएको छ । यस्तै गरि क्लबले उठ्न बाँकी डियजू उठाई सदस्यता नविकरण र सदस्यता वृद्धिको लागि समय खुलाएको छ ।बोर्ड बैठकको अवसरमा सम्मान क्लबले संस्थाका निवर्तमान अध्यक्ष सुनिल बस्याल तानसेन नगरपालिका वडा नं १ को वडा अध्यक्षमा निर्वाचित भएको अवसरमा सम्मान गरेको छ ।
यस्तै एनआईसी एशीय बैंका प्रबन्धक हरिकृष्ण कार्की,कामनासेवा विकास बैंकका प्रबन्धक प्रकाश कार्की,जिल्ला खेलकुद विकास समितिको उपाध्यक्षमा नियुक्त दिपक घिमिरे,महेश खनाललाई सम्मान गरिएको छ । साथै लायन्स क्लब अफ पाल्पा भैरबको प्रेस संयोजकमा सुनिल कार्की नियुक्त हुनुभएको छ । जिल्लामा संक्रिय पत्रकारीता गरि राख्नुभएका कार्कीलाई प्रेस संयोजक नियुक्त गरिएको क्लबका अध्यक्ष सचिन विष्टले जानकारी दिनुभयो । कार्यक्रम क्लबका सचिव सुमन बस्यालको सञ्चालन,अध्यक्ष सचिन विष्टको अध्यक्षता र प्रथम उपाध्यक्ष दिपक घिमिरेको स्वागतमा कार्यक्रम भएको थियो ।