काठमाण्डौं : वैदेशिक रोजगारीका लागि दुबई पुगेका दाङका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–१ कालितरा घर भई हाल शान्तिनगर गाउँपालिका–६ तिलबारी बसोबास गर्दै आएका २४ वर्षीय जगत वली रहेका छन्।
वली ५ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक दुबई गएका थिए। वली करिब १ महिनादेखि परिवारसँग पनि सम्प र्क वि ही न भएका थिए।
‘आज मात्र घरपरिवारलाई ख बर आएको छ। शव नेपाल ल्याउने विषयमा यता सरसल्लाह हुँदैछ’, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले भने।
वलीसँग कम्पनीमा काम गर्ने साथीहरुले भने भलिबल खेल्न गएको बेला कम्पनीबाट भा गे को घरपरिवारलाई जानकारी दिएका छन्। बेला बेलामा वलीको फोन नम्बर र फेसबुक खुल्ने गरेपनि परिवारमा सम्पर्क नगरेको उनको परिवारले बताएको छ।
कम्पनीमा काम गर्ने साथी तथा अन्य व्यक्तिले वलीको ह त्या गरेको हुन सक्ने परिवारले आ शं का गरेको छ। वलीको श्रीमती र एक छोरी छन्।