गुल्मी – गुल्मीदरवार गाउँपालिकाले निर्वाचित जनप्रतिनिधिको १ बर्षको कार्य प्रगति पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । “सबल, सक्षम उत्थानशिल स्थानीय सरकार : समृद्ध समुन्नत हाम्रो गुल्मीदरवार ” नारा बोकेर अगाडी बढेको गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन मार्फत १ बर्षमा जनप्रतिनिधिले गरेको सम्पुर्ण कार्य प्रगति जानकारी गराएको हो ।
१ बर्षको अबधिमा गाउँपालिकाले श्रीनगर कभर्डहल निर्माण, सडकको स्तराेन्नति र नयाँ सडक निर्माण, बिद्यालय भवन निर्माण, चारपाला दरवार पुन निर्माणको लागि प्रक्रिया अगाडि, स्वास्थ्य सेवा, वडामै पुगेर योजना सम्झौता, कृषि उद्यम , इबुलेटिन प्रकाशन, गुल्मी दरवार दर्पण, गाउँपालिकाको पहिचान बोकेको गीत र भिडियो निर्माण, वडा कार्यालय र सडकमा सिसि टिभी जडान, बालबालिका, अपाङ्ग र जेष्ठ नागरिक सङ्ग गाउँपालिका, चेतना मुलक कार्यक्रम संचालन, महिलालाई अनुशिक्षण तालिम, दुना टपरी बनाउने तालीम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले बताए ।
पत्रकार सम्मेलनमा कार्यप्रगति प्रस्तुत गर्दै अध्यक्ष थापाले कप खेलकुद, रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन, ओटिसी सेवा संचालन, गर्भवती महिलालाई उपाध्यक्ष कोसेली कार्यक्रम संचालन, पुर्ण खोप सुनिश्चित पालिका घोषणा र नेपालमै पहिलो पटक पुर्ण पाेषण मैत्री घोषणा, मोतिबिन्दुको निशुल्क शल्यक्रिया , दिर्घरोगीलाई निशुल्क औसधि बितरण, रेबिज खोप, नि:शुल्क गाई भैसीलाई कृतिम गर्भधारण, कृषक सम्मान, कृषक सङ्ग गाउँपालिका, कृषकलाई अनुदानमा कृषि सामाग्री बितरण लगायतका थुप्रै काम गरिएको जानकारी दिए ।
सेवा प्रवाह अन्तर्गत न्यूनतम सेवा मापदण्ड अन्तर्गत सबै स्वास्थ्य चौकीको सुशासन, व्यवस्थापन, क्लिनिक व्यवस्थापन, पोषण कार्यक्रम, भिटामिन कार्यक्रम, मातृ तथा नवजात शिशु कार्यक्रम लगायतका कार्यक्रम संचालन गरिएको छ । निःशुल्क एम्बुलेन्स सेवा, विपन्नलाई निःशुल्क विजुली लगायतका कामहरु पनि गाउँपालिकाले गरेको छ ।