काठमाडौ १६,असोज – साहस उर्जाको आइपीओ आइतबार (असोज १७ गते) बाँडफाँट हुने भएको छ ।बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे आइपीओ बाँडफाँट गरिनेछ । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको छ । यो आइपियोमा सर्वसाधारणबाट माग गरिएको भन्दा ५.६२ गुणा धेरैआवेदन परेको छ जसले गर्दा जम्मा ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाकिको हात खालि रहने छ।