गुल्मी – गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर १ को कुमारी आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले उक्त विद्यँलयमा कक्षा १ देखि ३ सम्मका अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।शहिद मनोज, झपेन्द्र, सुरेन्द्रको स्मृति सप्ताहको पूर्व सन्ध्यामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल झोला र शैक्षिक सामाग्रीहरु प्रदान गरिएको नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिमलाल खनालले बताए ।
कुमारी आधारभूत विद्यालयमा कुमाल समुदायका विद्यार्थीहरुले पठनपाठन गर्दै आएका छन् ।
कार्यक्रममा पेशागत महासंघ नेपाल कोषाध्यक्ष छबिन्द्र बेल्वासेले विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरेका थिए । शैक्षिक सामाग्री प्रदान गर्दै प्रमुख अतिथि समेत रहेका वेल्वासेले रचनात्मक काम गरेर शहिदको उच्च सम्मान गरेको बताए ।
उनले कुनै पनि दिवस मनाउने क्रममा समाजमा रचनात्मक तरिकाले मनाउदा सानो भएपनि उदाहरणिय काम हुने बताउनुभयो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन लुम्विनी प्रदेश इन्चार्ज दधिराम मरासिनि, नेकपा एमाले प्रदेश कमिटी सदस्य लक्ष्मण बिष्ट, हिरा एसी, जिल्ला कमिटी सदस्य राजेन्द्र बिक्रम कुँवर लगायतले स्मृति दिवसको अबसरमा गरिएको सामाजिक कार्यको कार्यले शहिदहरु प्रति उच्च सम्मान हुने बताए ।
विद्यालयमा पढने विद्यार्थीहरुको पठनपाठनका लागि सानो सहयोगले दैनिकी सहज होस भनेर मृति सप्ताहलाई रचनात्मक तरिकाले कार्यक्रम राखिए नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति उपाध्यक्ष सावित्रा भण्डारीले बताइन् ।शहिद मनोज, झपेन्द्र, सुरेन्द्रको स्मृति सप्ताहको पूर्व सन्ध्याको अबसरमा बिभिन्न रचनात्मक कार्यक्रम गर्ने गरेको छ ।