गुल्मी – गुल्मीमा बस र मोटरसाइकल एकआपसमा ठोकिँदा मेहेन्द्र नमुना माध्यमिक बिद्यालयमा अध्ययरत एक छात्रको मृत्यु भएको छ । सोमबार जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र बिद्यालयबाट घर जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक झाँक्री मगरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विवेक सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक बिद्यालयको कक्षा १२मा अध्ययनरत छात्र हुन् ।
मृतक झाँक्री मगरको अस्पतालले मृत घोषणा गरेसङ्गै महेन्द्र नमुना माध्यमिक बिद्यालयले सोमबार दिउँसो शोक र मंगलबार बिहानी समयमा संचालन हुने कक्षालाई शोक बिदा दिएको बिद्यालयले जनाएको छ ।
मोटरसाइकल ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको थियो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
<span;>