मुसिकोट वचत तथा ऋण सहकारी संस्था लि. मुसिकोट-३, गुल्मीले आफ्नो चौथो साधारण सभा गर्ने भएको छ ।
स्थापनाको छोटो समयमा गुल्मीको मुसिकोटमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यो सहकारीले आगामी पौष ७ गते शनिवार भब्य कार्यक्रमका साथ आफ्नो चौथो साधरण सभा गर्ने निर्णय गरेको छ ।
यस वचत तथा ऋण सहकारी संस्था लि. मुसिकोट-३,गुल्मीको मिति २०८० मंसिर १२ गते बसेको संचालक समितिको बैठकले यस संस्थाको चौथो वार्षिक साधारण सभा यहि मिति २०८० पौष ७ गते शनिवार सम्पन्न गर्ने निर्णय गरेको हो। उक्त बैठकले यो वर्ष १०% का दरले लाभांश वितरण गर्ने प्रस्ताबित निर्णय चौथो वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश गर्ने निर्णय समेत गरेको संस्थाका संचालक समिती अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्रीले बताउनु भयो ।
चौथो वार्षिक साधारण सभामा पेश गरिने प्रस्तावहरु तपशिल अनुसार रहेको संस्थाका प्रवन्धक बुद्ध बहादुर पाण्डेले बताउनु भयो ।
१) संचालक समितिको तर्फबाट अध्यक्ष ज्यूबाट प्रस्तुत वार्षिक प्रतिवेदन अनुमोदन सम्बन्धमा ।
२) लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा संयोजक ज्यूबाट प्रस्तुत आर्थिक प्रतिवेदन अनुमोदन सम्बन्धमा ।
३) चालू आ.व. ०८०/०८१ को प्रस्तावित बजेट, नीति तथा कार्यक्रम अनुमोदन सम्बन्धमा ।
४) आ.व. ०७९/०८० को वार्षिक नगद प्रवाह, नाफा-नोक्सान, वासलात सहितको लेखापरीक्षण प्रतिवेदन अनुमोदन सम्बन्धमा ।
५) आ.व. ०८०/०८१ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक तोक्ने सम्बन्धमा ।
६) संचालक समितिले निर्णय गरे बमोजिम आ.व. ०७९/०८० को वार्षिक नाफाबाट १०% लाभांश र वितरण गर्ने निर्णय अनुमोदन सम्बन्धमा ।
७) आ.व. ०७९/०८० मा संचालक समिति र विभिन्न उप- समितीहरुले गरेका विभिन्न निर्णयहरु अनुमोदन सम्बन्धमा ।
८) समयानुकुल संस्थाले बनाएका तथा संशोधन गरिएका नीति तथा कार्यबिधिहरु अनुमोदन र आगामी बर्षका लागि नयाँ नीति तथा कार्यबिधिहरु निर्माणका लागि अख्तियारी सम्बन्धमा ।
९) साधारणसभाको निर्णय पूस्तिकामा हस्ताक्षर गराउन शेयरधनीको तर्फदेखी प्रतिनिधिको नाम चयन सम्बन्धमा ।
साधारण सभामा उपस्थित हुने सदस्यलाई यातयात खर्चको व्यवस्था गरिएको र पौष मसान्त सम्मको किस्ताब्याज बक्यौता रहेका संस्थाका ऋणि तथा सदस्यलाइ साधारण सभामा समावेश नगरिने निर्णय भएकोले यथासिघ्र किस्ताब्याज बुझाउन संस्थाका लेखा सुपरिवेक्षण समिती संयोजक बसन्त अधिकारीले अनुरोध समेत गर्नुभएको छ ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२