गुल्मी- बसन्त अधिकारी
लुम्बिनी प्रदेशको ट्राफिक ब्यवस्थापनमा उत्कृष्ट सेवा गरेकोमा गुल्मीको हवल्दार नविन भण्डारी सम्मानित हुनु भएको छ ।
जिल्ला ट्राफिक कार्यालय रोल्पाबाट हवल्दार पदमा रहि उत्कृष्ट सेवा गरेकोमा उहाँलाई सम्मानित गरिएको हो ।
गुल्मीको धुर्कोट घर भएका नवीन आफ्नो जागीरलाइ सेवाका रुपमा इमान्दारीतापुर्वक गर्दै आउनु भएको छ ।
लुम्बिनी अटोमुबाइल्स एशोसियशन अफ नेपाल, लुम्बिनिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा हवल्दार भन्डारी सम्मानित हुनु भएको हो ।
उहाँले ट्राफिक समन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम, बाटोमै चालक प्रशिक्षण तथा स्वास्थ्य परिक्षण लगाएत दुर्घटना न्यूनीकरणका लागी महत्वपूर्ण कार्यक्रम गर्दै आउनु भएको छ ।