बसन्त अधिकारी/ गुल्मी
मुसिकोट नगरपालिका ७ झेदी र मुसिकोट ३ नौबिसे जोड्ने बडिघाट खोलाको पुल बनाउने भन्दै निर्माण ब्यवसायीले दुई वर्षसम्म मुसिकोटका जनताको आंखा छारो हालेको छ ।
गत बर्ष नै टेन्डर भएर काम शुरु गर्ने भनिए पनि निर्माण ब्यवसायीले काम सुरु नगरेको र समन्धित निकाय मौन रहेकोले जनताहरु निरास भएको स्थानिय मधु घिमिरेले बताउनु भयो ।
मुसिकोट नगरपालिका- २,३,४ र नगरको केन्द्र मुसिकोट -७, वामी टक्सार जोड्ने मुख्य सिमानामा रहेको यो नाकामा गाडी आवातजावतको लागि पुल नहुदा उक्त वडाका जतताहरुले सास्ती भोगिरहेको र झलुङे पुलबाट मोटरसाइकल कष्टले आवाज जावत गरेपनी पुल समेत बाङो भएकोले बेला बेला दुर्घटना भैरहेको मुसिकोट ३ का वडा सदस्य थम्मम बहादुर घिमिरेले बताउनु भयो ।
अहिले पुन पुलको स्टोमेट परिवर्तन गरि “स्टिल ट्रष्ट बृज” पुल निर्माण गर्न लागिएको, पुलको लम्बाइ ५६.३ मिटर र चौडाइ ६ मिटर रहने आफू पुलको निरीक्षणको लागि अफिसले खटाएर एक महिना पहिले नै आएर बसेपनी निर्माण ब्यबसायीले काम सुरु नगरेको प्रादेशिक सडक पुल समन्वय इकाइ, बुटवलका टेक्निकल अफिसर भिराजा पौडेलले जानकारी दिनुभयो ।
स्विस सरकारको लगानिमा बन्न लागेको पुलको निर्माणको जिम्मा गत वर्ष नै जलप कन्ट्रक्सनले लिएको र गत वर्ष पनि २/४ वटा समान लिएर फालेको अहिले १ महिना पहिले देखि काम सुरु गर्ने भने पनि अहिले सम्म सामान नै नलिएको
तर स्थानिय तह मौन रहेको उपभोक्ता अर्जुन परियारले बताउनु भयो ।