गुल्मी: लुम्बिनी प्रदेशमा माघ २१ गते आइतबार सार्वजनिक बिदाको घोषण भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक बिदाको घोषणा भएको हो ।
प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ । २०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने गरिएको छ ।